बडिगाड खोलाले बगाएर बालकको मृत्यु

आदर्श अनलाइन, बागलुङ
खोलाले बगाउँदा बडिगाडमा एक बालकको ज्यान गएको छ । बडिगाड गाउँपालिका वडा नम्बर ७ भिमगीठे छिसफाँट बस्दै ७ वर्षीय अनोज केसीको ज्यान गएको हो ।

शनिबार दिउँसो साढे १२ बजेको समयमा घर नजिकै भिमघाट खोलामा पौडी खेल्दै गर्दा खोलाले बगाएपछि अचेत अवस्थामा बडिगाड ५ मा फेला परेका उनको बडिगाड पोलि क्लिनिकमा उपचारको क्रममा ज्यान गएको बताइएको छ ।

नदिमा नुहाउने क्रममा बगेर करिब तीन किलोमिटर तल बडिगाड ५ मा बेहोस अवस्थामा बालकलाई खोला किनाराम फेला पारिएको इलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *