आदर्श अनलाइन, पोखरा
गण्डकी प्रदेशमा शनिबार दिउसो थप ५६ जना कोरोना संक्रमित भेटिएका छन् ।
स्वास्थ्य निर्देशनालय गण्डकीले शनिबार दिउसो कास्कीको पोखरा महानगरका १ सहित, म्याग्दीका २ जना, स्याङजाका २२ जना र नवलपुरका ३१ जना गरि थप ५६ जनामा कोरोना पुष्टि भएको जानकारी दिएको हो ।
संक्रमण पुष्टि हुनेहरुमा पोखरा महानगरपालिका ९ का १ पुरुष, म्याग्दीको मंगला १ र ४ का १ पुरुष र महिला, स्याङजाको चापाकोट १९ पुरुष र ३ महिला तथा नवलपुर गैंडाकोटका २२ पुरुष र ९ महिला रहेका छन् ।
यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५ हजार ६ सय ३३ पुगेको छ