चाडपर्वलाई लक्षित गर्दै जिल्लाका पाँच स्थानमा यात्रु सहायतका कक्ष

डम्मर बुढा मगर, बागलुङ
चाडपर्व नजिकिएसँगै जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले ट्राफिक निमयलाई कडाई गर्न थालेको छ ।

चाडपर्वको समयमा दुर्घटनाको संभावना बढीहुने, यात्रुबाट भाडाबढी असुलीहुने र क्षमता भन्दा बढी यात्रु राख्ने हुँदा ट्राफिक सुरक्षालाई कडाई पारिएको जिल्ला ट्राफिक कार्यालय बागलुङका प्रमुख शिवप्रसाद पाठकले जानकारी दिनुभयो ।

‘यो समयमा गाडीको क्षमताभन्दा बढीयात्रु बोक्ने गर्दा धेर ैदुर्घटना हुने संभावना हुन्छ,यात्रुबाट बढी भाडा असुल्ने गरेको पाइन्छ’ पाठकले भन्नुभयो ‘यसको रोकथाम, सहज र आरमदायी यात्राको लागि थप व्यवस्थित गर्दै छौँ ।’

दशै तिहारलाई लक्षित गरि जिल्लाको पाँच स्थानमा यात्रु सहायता कक्ष समेत स्थापना गरेको पाठकले जानकारी दिनुभयो । उहाँको अनुसार बागलुङ बजारको चिप्लेटी सबपार्क, मालढुङ्गा, गलकोटको हटिया, बडिगाडको खर्बाङ र बुर्तिबाङ बजारमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङ सँगको समन्वयमा पाँच स्थानमा सहायताकक्ष स्थापना गरेको पाठकको भनाई छ । उहाँले यो समयमा अन्य समय भन्दा सवारी चेकजाँचमा समेत थप कडाई गरिएको पाठकको भनाई रहेको छ ।

पाठकले केही दिनदेखि रात्रीकालीन चेकजाँच समेत सुरु गरेको बताउनुभयो । ‘हामीले अहिले रातीमा पनि सवारी साधनको चेकजाँच गर्न थालेका छौंँ, चछाडवाडको समयमा समयमा चालकले मादकपदार्थ सेवन गरेर सवारी चलाइएको पाइन्छ,’ उहाँले भन्नुभयो ‘मादकपदार्थ सेवन गरेर सवारी चलाउँदा दुर्घटनाको जोखिम उच्च हुन्छ, त्यसलाई रोक्नका लागि राति पनि सवारी चेकजाँच गर्न गालिएको हो ।’

उहाँले काम गर्ने समय समेत बढाएको जानकारी दिनुभयो । यस भन्दा अगाडी दिनमा१०÷१२ घण्टा ड्युटी गर्ने गरेकोमा अहिले १४÷१५ घण्टागर्न सुरु गरेको बताउनुभयो । यो अवधीमा जनशक्ति समेत बढाएको उहाँको भनाई छ । ‘पहिले हामीले १६ जनाले जिल्ला हेथ्र्यौँ, अहिले जनशक्ति बढाएर २८ जना भएकाछौँ,’ ट्राफिक प्रमुख पाठकले भन्नुभयो ‘जनशिक्त बढेसँगै ट्राफिक सुरक्षामा सुधार आउने छ भने दुर्घटना पनि कम हुने छन् भन्ने अपेक्षा लिएकाछौँ ।’

अहिले बागलुङ बजार क्षेत्रमा १६ जना ट्राफिक प्रहरी खटिएको र मालढुङ्गा, कुश्मिसेरा, गलकोट, खर्बाङ, बुर्तिबाङमा २/२ जनाखटिएको उहाँको भनाई छ । त्यस्तै काठेखोलाको अक्षेते र बागलुङ नगरपालिका वडानम्बर ४ कुँडुलेमा १/१ जनाखटिएको पाठकले जानकारी दिनुभयो ।

यो समयमा कोरोना संक्रमणको उच्च जोखिम भएको हुँदा सवारीमा यात्रागर्ने यात्रु र चालकलाई माक्स र स्यानीटाइजर प्रयोग गर्न लगाएको उहाँको भनाई छ । ‘गाडीमा यात्रा गर्ने यात्रु र चालकले साह्रै हेलचक्राई गरेको पाइएको छ, हामीले बारम्बर सम्झाई राखेकाछौँ,’ उहाँले भन्नुभयो ‘चालक र सवारीधनीलाई गाडीमा माक्स र स्यानीटाइजर अनिर्वाय राख्न र यात्रु र चालकलाई प्रयोग गर्न लगाएका छौँ ।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *