जीवनकुमार शाक्य
योग के हो ?
योग भन्नाले व्यायाम प्रणायाम, ध्यान भन्ने आम सोचाई वा धारणा छ । तर, यसभित्र जीवनमा आवश्यक हरेक क्षेत्रको सूचना, ज्ञान र त्यस सम्बन्धि सकारात्मक सोचाई, धारणा र व्यवहारहरु दैनिक नियम, अनुशासन र स्वस्थ आचरण पर्दछन् । वास्तविक ज्ञान, सुचना संकलन, विधी, नियम र स्वस्थ पवित्र आचरण वा अनुशासनको पालन हो योग । स्वास्थ्य, सन्तुष्टि र सफलताका लागि प्रज्ञा जगाउने आधारभूत बाटो हो योग । यसभित्र सुरक्षित खानपान, दैनिक काम काजको योजना, स्रोत ब्यवस्थापन, सचेत कार्यान्वयन, मूल्यांकन, परिर्वतन र परिमार्जनका कुराहरु लगायत ब्यायाम, प्राणायाम, ध्यान आदि पनि पर्दछन् । अर्थात् वैज्ञानिक, सकारात्मक, संस्कारको विकास, समयको व्यवस्थापन वा सफल जीवनयापनको ज्ञान र विधी हो योग । जानेर, बुझेर, सचेत, सजग रहेर आफनो, अरु सबैको फाइदाको लागि पाइला चाल्नु, जीवन जिउनु योग हो । वतर्मानमा संवेदनाहिन भएर, चलि आएको चलन भनेर,आफनो परहितलाई वास्ता नगर्ने, समयको ख्याल नगर्ने,असत्य वोली वचन र ब्यवहार योग भित्र पर्दैन ।
यस भित्र भगवान गौतम बुद्धका सम्यक जीवन जिउने विधि र आवश्यक,पवित्र अस्टांग मध्यम मार्गहरुः सम्यक दृष्टि, सम्यक संकल्प वा विचार, सम्यक स्मृति वा होश, सम्यक वचन, सम्यक कर्म वा कार्य, सम्यक ब्यायाम, सम्यक आजिविका वा ब्यवसाय, सम्यक समाधि वा ध्यान पर्दछन् भने पतञ्जलीका यम, नियम, आसन, प्राणायाम, प्रत्याहार भनेका पनि यिनै कुराहरु हुन् । सम्यक भन्नाले ठीकठीक भनिएको हो ।
अस्ट शिलहरु भनेको हिंसा नगर्नु, (वोली वचन र ब्यवहारले, मारकाट) चोरी, ब्यभिचार, झुठो नकोल्नु, नशा लाग्ने पदार्थहरुको सेवन नगर्नु, असुरक्षित खानपान नगर्नु सवै सँग इमान्दार मित्रवत, सद्भावपूर्ण र मर्यादा पूर्वक सत्य ब्यवहार गर्नु सबै हो । यसलाइ धार्मिक आचरण पनि भन्ने गरिन्छ । आध्यात्मिक क्षेत्रमा लाग्दा वा मोक्ष, सन्तोष, निर्वाण प्राप्त गर्न भगवानको दर्शन पाउन अष्टशिल अनिवार्य आवश्यकता हो । अहंकार,घमण्ड, क्रोध,लोभ,मोह,काम वासना, द्धेष जस्ता सोँच, भावले ग्रसित भई गरिने प्रतिकूल आचरण ब्यवहारहरु परिर्वतन गरी स्वास्थ्य, साहस, दक्षता, होश,चेतना, संवेदनशीलता, धैर्यता, आत्मविश्वास, सवैसँग प्रेम, सद्भाव,मर्यादाका गुणहरु विकास गर्दै दक्ष, सिर्जनशील कल्याणकारी जीवनयापनका लागि पर्न योग आवश्यक छ ।
सम्यक ब्यायामः भन्नाले स्वास्थ्य र सचेतपनका लागि गरिने विभिन्न क्रियात्मक आसन, मुद्रा, प्राणायामहरु भन्ने बुझ्नु पर्दछ । ठीक स्मृती वा समाधी भन्नाले कूनै पनि काम कुराको आकर्षणबाट मन शरिरलाइृ मुक्त गरी हुन आउने शन्य, शरिर र मनको अति विश्राम शान्त अवस्थाको अनुभुति वा महशुस गर्दै जाने ध्यानको अवस्था हो । ध्यानको अर्थ मन र शरिरको निस्काम, निर्विचार शान्त अवस्थामा विचरण हो । यसले मन र शरिरलाई स्वस्थ राख्न ठूलो पोषणको काम गर्दछ र यो सम्पुर्ण स्नानको अवस्था हो ।
बुद्ध सन्त ब्यक्तिहरुको अनुसार योगका फाइदाहरु :
– मन र शरिरको तन्किने फुक्ने फैलिने शक्ति बढ्छ ।
– सम्वेदनशिलता र होश, चेतनाको विकासमा सहयोग गर्छ ।
– सकारात्मक सोँचको विकासमा टेवा दिन्छ ।
– आवश्यक हर्मोन रसहरु, खाना पचाउने र दहन गर्ने इन्जायमहरु ठीक–ठीक उत्पादन हुन्छ ।
– पाचन शक्ति बलियो हुन्छ ,शरिरको बृद्धि विकास सन्तुलित हुन्छ ।
– रोग प्रतिरोध शक्तिको विकास हुन्छ, रोग लाग्दैन ।
– शरिरको विकार विषहरु, ग्रन्थीहरुको निश्कासन हुन्छ, असर कम हुन्छ ।
– सन्तोष र आनन्द आउने हर्मोन रसहरु सेरेटोनिन आदिको उत्पादन हुन्छ ।
– जिवाणुहरुको औषधि प्रति प्रतिरोधात्मक शक्ति विकास हुन पाउँदैन, खाएका औषधिले काम गर्छ ।
– शरिरलाई आवश्यक प्राणवायु अक्सिजनको अधिक ग्रहण र परिचालन गर्न सहयोग गर्छ ।
– शरिरका सबै अंगहरुले सन्तुलित काम गर्न सहयोग गर्छ ।
– सकारात्मक स्वभावको विकास भई शरिर हलुका र स्वस्थताको महशुस हुन्छ ।
– सिर्जनात्मक सफल र सन्तोष पुर्ण जीवन यापन गर्न धेरै सहयोग गर्छ ।
योगका कुरा, सन्देश, शिक्षा, हरेक धार्मिक संस्थाहरु, तिनीहरुले गर्ने क्रियाकलापमा पनि देख्न सकिन्छ । तर, उनीहरुका सवै क्रियाकलाप योग भित्र पर्दछन् । तब सवै क्रियाकलाप धार्मिक हुनु, सवै हाम्रो हित अनुकुल छ भन्न सकिदैन । तर, अध्ययन, अष्टशिल ग्रहण, ध्यान साधनाको लामो अनुभव, सुरक्षित सात्विक खानपान, विभिन्न सन्त महन्त सँगको भेटघाट,शिक्षादिक्षा आदिले मात्र ठीक बेठीक, ग्रहण योग्य, अयोग्य पछि मात्र निक्र्यौल गर्न सकिन्छ जस्तो लाग्छ ।