नारायणस्थानमा चारकोठे विद्यालय भवनको शिलान्यास

आदर्श अनलाइन, बागलुङ
बागलुङ जिल्लामा भूकम्प भएको पाँच वर्ष पछि बल्ल विद्यालय भवन पूननिर्माणले तिब्रता पाएको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई शिक्षाले नारायणस्थानमा रहेको आधारभूत (आधारभूत) विद्यालयमा चारकोठे विद्यालय भवनको शनिबार शिलान्यास गरिएको छ ।
विद्यालय भवन शिलान्यास गर्दै बागलुङ नगरपालिकाका नगर प्रमुख जनकाराज पौडेलले भुकम्पले भत्काएका विद्यालय भवन पुननिर्माणमा गति लिनु सखद् भएको बताउनुभयो । “ठिलै भएपनि यस आधारभूत विद्यालय सहित बगालुङ नगरका अधिकांश विद्यालय पुन निर्माणका क्रममा छन्” पौडेलले भन्नुभयो “आवश्यक सुविधा सम्पन्न विद्यालय भवन निर्माण हुँदा गुणस्तरीय पठन पाठनमा सहज पुग्नेछ ।”

रु.७० लाखको लागतमा भूकम्प प्रतिरोधी तथा अपाङ्गमैत्री विद्यालय भवन पुन निर्माण गर्न थालिएको हो । बागलुङमा पुन निर्माण प्राधिकरण अन्र्तगत जिल्ला आयोजना कार्यान्वयन इकाई शिक्षा स्थापना भएपछि विद्यालय भवन धमाधम निर्माण भइरहेका छन् । भुकम्पले क्षति गरेको आधारभूत विद्यालय आगमी पुष मसान्त सम्म सक्ने गरी निर्माण थालिएको राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्र्यान्वयन इकाई शिक्षाका प्रमुख मतिलाल चपाईले जानकारी दिनुभयो ।

कार्यक्रममा नेकपाका नेता कृष्ण पाठक, कार्यालय प्रमुख मोतिलाल चपाई, नगरपालिका सामाजिक विकास संयोजक तथा बागलुङ नगरपालिका–९ का वडा अध्यक्ष गणेश थापा, बागलुङ नगरपालिका–१४ का वडा अध्यक्ष चक्र बहादुर खत्री, नेकपाका जिल्ला सदस्य सुजन परियार लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

यस्तै बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले नारायणस्थान स्वास्थ्य चौकी र बलेवा विमानस्थलको निरिक्षण गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *