चरक मेमोरियल हस्पिटलमा ७० वर्षीया संक्रमितको मृत्यु

 आदर्श अनलाइन, पोखरा

गण्डकी प्रदेशमा थप १ कोरोना संक्रमितको मृत्यु भएको छ । पोखरा महानगरपालिका ९ कि ७० वर्षीया संक्रमित महिलाको चरक मेमोरियल हस्पिटलमा आइतबार बिहान मृत्यु भएको हो ।

उनमा निमोनिया र उच्च रक्तचापको समस्या रहेको प्रदेश स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए ।

योसहित गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५१ पुगेको छ ।

मृत्यु हुनेमा कास्कीका १६, नवलपुर र तनहुँका ९/९, गोरखाका ७, स्याङ्जाका ५, लमजुङ र बागलुङका २ र म्याग्दीका १ जना छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *