संघीय सांसद पाठकद्वारा दशै भत्ता फिर्ता


आदर्श अनलाइन, बागलुङ

बागलुङबाट प्रत्यक्षरुपमा निर्वाचित संघीय सांसद डा. सूर्य पाठकले दशै भत्ता बापतको रकम सरकारलाई फिर्ता गर्नुभएको छ ।

बागलुङ क्षेत्र नम्बर १ का सांसद पाठकले देशमा कोरोनाका कारण आर्थिक संकट परेको भन्दै दशै भत्ता स्वरुप आफ्नो खातामा आएको फिर्ता गरेको बताउनुभएको छ ।

आइतबार संघीय सांसद सचिवालय सिंहदरबार पुगेर सांसद पाठकले आफ्नो खातामा दाखिला भएको रु. ६४ हजार ७० सरकारी कोषमा दाखिला गर्नका लागि निवेदन दिएको पाठकले जनाउनुभयो । ‘आधिकारीक रुपमा दशै भत्ता फिर्ता गर्नका लागि निवेदन दिएर रकम फिर्ता गर्न तोक लगाएर फर्केको छु’ पाठकले भन्नुभयो ‘कोरोनाका कारण देशमा आर्थिक संकट भएको समयमा आफूले प्राप्त गरेको दशै भत्ता फिर्ता गरेको छु ।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *