दसैँ, यात्रा र सुरक्षा

सम्पादकीय
नेपालीहरुकाे महान पर्व बडादसै सुरु भएकाे छ । परम्परागत प्रचलन अनुसार घटस्थापनामा घर घरमा जमरा पनि राखिएकाे छ । नेपाली समाजमा बडादसैकाे छुट्टै महत्व र महिमा छ । दसै भन्न साथ बालबालिका देखी युवायुवति, ज्येस्ठ नागरिक सम्म सबैकाे मनमा एक खालकाे खुसी, आनन्द र उत्साह छाउछ । दसैका बारेमा नेपाली समाजमा अनेक कथन पनि छ । असत्य माथि सत्यकाे जितकाे प्रतिककाे रुपमा लिइन्छ । अर्काे तर्फ लामाे वर्षा पछि हिउदयाम सुरु हुन्छ । खुल्ला आकाश, माैसम र हराभरा बातावरणले पनि दसै, तिहार, छठ लगायतका चाड आएकाे अनुभुति हुन्छ । हत्याे सारा हिलाे मैलाे हरायाे पानीकाे वर्षा, भवानीकाे भयाे पुजा चल्याे आनन्दकाे वर्षा भन्ने कविता अङ्शले पनि यसलाइ प्रस्ट्याउछ ।

दसैकाे महत्व महिमा हुदा हुदै पनि यस पटक भने ठुलाे सम्शयका बीचमा छ । अहिले दसै सुरु भइसक्दा समेत गाउघरमा उतिधेरै चहल पहल छैन । मानिसहरुकाे मनमा ठुलाे उत्साह छैन । काेराेना भाइरस काेभिड १९ का कारण अहिले चाडपर्व मात्र हाेइन, समग्र मानव जातिकै भविष्य अनिश्चयकाे भुमरीमा छ । नत्र यतिबेला के शहर बजार, के गाउ घर ? सर्वत्र मानिसहरुकाे भिड हुने थियाे । अब विस्तारै शहर बजार सुनसान र गाउघरमा चहल पहल बढ्दै जाने थियाे । बिडम्बना त्याे अवस्था रहेन । अहिले जबरजस्त बाध्यात्मक परिस्थितिमा चाहे विमानमा हाेस् या अन्य सवारी साधनमा हाेस् । काेराेना सङ्क्रमणकाे तिब्र जाेखिमका बीचमा यात्रा गर्नुपर्ने अवस्था छ । यसले गर्दा शहरमा मात्र हाेइन, गाउ गाउमा काेराेना सङ्क्रमित देखिन थालेका छन् ।

अहिलेकाे समय मानव सभ्यताकै इतिहासमा निकै जटिल भएकाे सत्य हाे । यसकारण नेपाल सरकारले यसपटककाे दसै अहिले जाे जहा जहा छाै,त्यही त्यहीँ नै बसेर दसै मनाउन अाग्रह गरेकाे छ । तर, अहिले सार्वजनिक गाडीहरुमा सवार गर्नेकाे लहड छ । न्युनतम स्वास्थ्य सुरक्षा मापदण्ड समेत पालना नगर्नेहरुकाे सङ्ख्या पनि अधिक छ । यसले कुन बेला काेराेना सङ्क्रमण भयावह हुन्छ भन्ने कसैले भन्न सक्ने अवस्था छैन । त्यसैले दसै सके सम्म जाे जहाँ जहा छाै, त्यही त्यहीँ बसेर मानाै । जाे घर जानै पर्नेछ, जानेहरु पनि स्वास्थ्य सुरक्षाका हिसाबले सचेत बनाै । दसै मनाउने माेह या लहडमा आफै काेराेना सङ्क्रमणकाे शिकार बन्ने र परिवार समुदाय भयावहमा जाने बिषयमा सबै सम्वेदनशील र जिम्मेवार बनाै ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *