आदर्श अनलाईन, काठमाडौं
चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागतका लागि संघिय सरकारले आइतबार सार्वजनिक बिदा दिने भएको छ ।
बिहीबार मन्त्रिपरिषदको बैठकमा गृह मन्त्रालयले सीको स्वागतको लागि विदा दिन प्रस्ताव लगेको थियो ।
बैठकले गृह मन्त्रालयको प्रस्ताव पारित गर्दै आइतबार सार्वजनिक विदा दिने निर्णय गरेको हो । चिनियाँ राष्ट्रपति सी शनिबार राजकीय भ्रमणका लागि नेपाल आउँदै हुनुहुन्छ ।