बानपा ४ ले भन्यो : शिक्षक नियुक्ति गैरकानुनी

आदर्श अनलाइन, बागलुङ
बागलुङ नगरपालिका–४ स्थित कुडुँले माध्यामिक विद्यालयको शिक्षक नियुक्तिको बिषय विवादित बनेको छ ।

माध्यामिक तह सामाजिक विषयको अस्थायी करार राहत शिक्षक पदको नियुक्तिका विषयमा नेपाली कांग्रेस बागलुङ नगरपालिका–४ वडा समितिले विज्ञप्ती प्रकाशित गरेर आपत्ति जनाए पछि विवाद सुरु भएको थियो ।

काँग्रेसका वडा सभापति हरिवहादुर जिसीले जारी गरेको विज्ञप्तीमा नियम संगत हिसावले शिक्षक नियुक्तिमा वडा कार्यालयले अनावश्यक हस्तक्षेप गरेको आरोप लगाएको थियो ।

तर, बागलुङ नगरपालिका वडा नम्बर–४ ले कुँडुले माविले गरेको शिक्षक नियुक्ति कानन्ुन सम्मत नभएको जनाएको छ । विज्ञप्तीमा भनिएको छ ‘शिक्षकहरुलाई तलब खुवाउनु पर्ने भनेर हस्ताक्षर गरी विद्यालय व्यवस्थापन समितिको माइन्युट घर–घरमा डुलाएर किर्ते विज्ञापन खडा गरी विधि विपरित निर्णय र परिक्षा सञ्चालन गरी शिक्षक नियुक्ति गरिएको छ, यसमा वडा अध्यक्ष तथा वडा शिक्षा समितिको अध्यक्षका हैसियतले जानकारी लिएको कुरा अतिरञ्जित गरी जनतालाई दिग्भ्रमित तुल्याउने कार्य गम्भीर र आपत्तिजनक छ ।’

वडा कार्यालयले यदि कसैलाई शिक्षक नियुक्ति प्रक्रिया विधी सम्मत भए कानून सम्मत ढंगले प्रमाणित गर्न चुनौती दिएको छ ।

तर, विद्यालयका प्रधानध्यापक हरिलाल कंडेलले नगर शिक्षा समितिले परिक्षा चलाउन भनेकाले परिक्षा सञ्चालन गरी शिक्षक नियुक्ति गरेको दावी गर्नुभयो । ‘प्रतिस्पर्धाका लागि एक जनाले निवेदन लिएर आउनु भएको थियो, त्यो बेला समय सकिसकेको थियो’ प्रअ कंडेलले भन्नुभयो,‘त्यसपछि प्रकाशित विज्ञापन लगायतका विषयमा विवाद भए पछि नगर शिक्षा शाखामा सोध्यौ, परीक्षा चलाउन भने पछि हामीले चलाएका हौ ।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *