बागलुङमा थप २० जनामा कोरोना संक्रमण पुष्टि

आदर्श अनलाइन, बागलुङ
बागलुङमा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परीक्षणमा काठेखोला गाउँपालिका–५घोडाबाँधेको अर्जुनवाण गणका कार्यरत ३६, ३७, ३४, ३४, ३५, ३६, ३१, २४, २३, र २१ वर्षीय पुरुष नेपाली सेना हुन् ।

त्यस्तै कोठेखोला गाउँपालिका वडा नम्बर ६ का ३६ वर्षीय पुरुष, जिल्ला प्रहरी कार्यालय बागलुङका ३३ वर्षीय एक पुरुष, बागलुङ नगरपालिका–२ का ३६, २६, १७ वर्षीय पुरुष र ३५, १२ र ४७ वर्षीय तीन महिला, रहेका छन् ।

बागलुङ नगरपालिका वडा नम्बर १० की २४ वर्षीया महिला र ३७ वर्षीय पुरुषलाई समेत कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बागलुङका महामारी फोकल पर्सन देवप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

संक्रमित हुनेमा एक जना जनप्रतिनिधि, एक सहकारीका कर्मचारी, एक जना भारतदेखि आइ क्वारेन्टाइनमा बसेका व्यक्ति र अन्य संक्रमितहरुको सम्पर्कमा रहेको फोकल पर्सन घिमिरेको जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *