बागलुङका ६५ विद्यालयको एक साथ पुन:निर्माण

आदर्श अनलाइन, बागलुङ

बागलुङ जिल्लामा एक साथ ६५ विद्यालयको पुननिर्माण थालिएको छ । बागलुङमा भुकम्प गएको पाँच वर्ष वित्दा बल्ल ११४ विद्यालय भवन ठडिएका हुन् ।

भुकम्प गएको पाँच वर्ष वितिसक्दा विद्यालय पुननिर्माणले अहिले आएर गतिलिन थालेको छ । २०७२ सालको भुकम्पबाट क्षती पुगेका विद्यालय भवनहरु पुननिर्माणले गति लिन थालेको हो । बागलुङमा विद्यालय भवन निर्माणका लागि स्थापना भएको राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई शिक्षाले विद्यालय पुननिर्माणमा गति दिएको हो ।

बागलुङमा पुननिर्माण कार्यालय शिक्षा स्थापना भएपछि आर्थिक वर्ष २०७५/७६ मा ३८ र २०७६÷७७ को पहिलो चरणमा ८ गरी ४६ विद्यालय पुन निर्माण भइसकेको र २०७६/७७को दोस्रो चरणमा ६५ विद्यालयको पुननिर्माण एक साथ थालिएको जिल्ला आयोजना कार्यान्वय इकाईले जानकारी दिएको छ ।

बन्दाबन्दीकै समयमा आर्थिक वर्ष २०७६/७७ को पहिलो चरणमा निर्माण शुरु गरेका ८ विद्यालयको निर्माण कार्य समेत सकिएको जिल्ला आयोजना कार्यान्वयन इकाई शिक्षाका प्रमुख मतिलाल चपाईले जानकारी दिनुभयो ।

यस कार्यालय स्थापना अघि तत्कालिन जिल्ला शिक्षा कार्यालय र जिल्ला आयोजना कार्यान्वयन इकाई मार्फत ६८ विद्यालय भवन पुननिर्माण भइसकेका थिए । भुकम्पले क्षति पु¥याएका विद्यालय मध्ये हाल सम्म ११४ विद्यालय भवन पुननिर्माण भइसकेको छ । भने ६५ विद्यालयको पुन निर्माण भइरहेको छ ।

आर्थिक वर्षको २०७६÷०७७ को दोस्रो चरणमा ३८ वटा चार कोठे विद्यालय भवन, ३ कोठे ७ वटा विद्यालय भवन, २ कोठे २० वटा विद्यालय भवन, २५ वटा विद्यालयमा शौचालय र खानेपानी २५ वटा विद्यालयको धमाधम निर्माण थालिएको इकाई प्रमुख चपाईले जानकारी दिनुभयो ।

बागलुङमा यस अघि दुई कोठ, तीन कोठे र चार कोठे गरी ११४ विद्यालय भवन, ३३ शौचालय र ६ खानेपानी आयोजना निर्माण सम्पन्न भइसकेको चपाईको भनाई रहेको छ ।

“अहिले धमाधम विद्यालय भवन निर्माणले गति लिएको छ” चपाईले भन्नुभयो “गत वर्ष देखि शौचालय समेत निर्माण गर्दै आएको यस कार्यालयले यो आर्थिक वर्षबाट विद्यालयमा खानेपानीको पहुँच समेत पु¥याउन थालिएको छ ।”

चपाईका अनुसार भुकम्पले जिल्लाका ५२८ विद्यालय मध्ये २१० विद्यालयका दुई हजार ३५ कोठामा पूर्ण क्षति पु¥याएको थियो । जसमध्येबाट दुर्गमता, विद्यार्थी संख्या तथा मौजुदा भवनको अवस्था हेरेर नयाँ भवन निर्माण गर्न सिफारिस गरिदै आएको छ । पुन निर्माण प्राधिकरणले भुकम्प प्रतिरोधी, अपाङ्गमैत्री विद्यालय तथा शौचालय भवन तथा खानेपानी आयोजना निर्माण गर्दै आइरहेको छ ।

प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई शिक्षाका इन्जिनियर नविन सिह सुनारका अनुसार चार कोठे भवनका लागि रु.७० लाख ४० हजार, ३ कोठे भवन निर्माणका लागि रु.३५ लाख ७० हजार, दुई कोठे भवन निर्माणका लागि रु.२३ लाख ९० हजार, शौचालय निर्माणका लागि रु. १५ लाख र खानेपानी आयोजनाका लागि ७ लाख बजेट विनियोजन हुँदै आएको छ । भौगोलिक अवस्था तथा ढुवानी खर्च हेरेर केही बजेट तलमाथी पर्न सक्ने इकाईको भनाई रहेको छ ।

२०७२ सालको बिनासकारी भुकम्पले क्षति पु¥याएका २१० विद्यालय मध्ये हाल सम्म पुन निर्माण प्राधिकरणले १७५ भन्दा बढी विद्यालयमा आफ्नो पुहँच पु¥याई सकेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *