बागलुङका एकसहित गण्डकीका ३८ जनामा कोरोना संक्रमण

आदर्श अनलाइन, बागलुङ
बागलुङमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षमा बागलुङ नगरपालिकाका एक पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनलाय गण्डकी प्रदेशले जनाएको छ ।

संक्रमण हुने बागलुङ नगरपालिकाका ४६ वर्षीय पुरुष रहेका छन् । उनको वडा नखुलेको निर्देशनालयले प्रेस विज्ञप्तीमा उल्लेख गरेको छ ।

बागलुङसँगै म्याग्दी, गोरखा, कास्की र पर्वत गरि ३८ जनामा संक्रमण पुष्टि भएको छ । म्याग्दीका १ जना, पर्वतका १६ जना, गोरखा १ जना र कास्कीमा १९ जना संक्रमित थपिएका छन् । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ६१४३ पुगेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *