सेती खोचमा खसेका युवकको प्रहरीद्वारा उद्धार

आदर्श अनलाइन, पोखरा
पोखराको सेती खोचमा खसेका एक युवकलाई प्रहरीले उद्धार गरेको छ ।

पोखरा-१ गाईघाट स्थित सेती नदी किनाराबाट बुधबार बिहान ७.५० वजे अचानक खोचमा खसेका पोखरा-२ मिरुवा निवासी ३४ वर्षीय सम्राट राणालाई प्रहरीले उद्धार गरेको हो । राणा सामान्य घाइते अवस्थामा छन् ।

स्थानीयको सूचनाका आधारमा तुरुन्त घटनास्थलमा प्रहरीको रेस्क्यु टोली पुगी उद्धार गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता सुवास हमालले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *