कक्षा १२ को परीक्षा मंसिर ९ मा,जम्मा ४० अंकको लिखित परीक्षा

आदर्श अनलाइन,काठमाण्डौं

कक्षा १२ को वार्षिक परीक्षा मंसिर ९ गतेदेखि सञ्चालन हुने भएको छ।

कोरोना संक्रमणका कारण स्थगित भएको परीक्षा यो पटक शनिबारको दिन पनि परीक्षा सञ्चालन हुनेछ।

राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माका अनुसार विद्यार्थीको चाहना अनुसार होम सेन्टरमै परीक्षा सञ्चालन हुनेछ। कोरोना संक्रमण भएका र परीक्षामा बस्न नसक्ने परीक्षार्थीलाई अर्को परीक्षा सञ्चालन गरिनेछ। कोरोना संक्रमण पुष्टि भएर पनि परीक्षाम बस्न सक्ने विद्यार्थीका लागि भने छुटै स्थानको व्यवस्था गरिनेछ।

यो पटक परीक्षार्थीका लागि ४० अंकको लिखित परीक्षा हुनेछ। ४० अंक कक्षा ११ को पढाइलाई आधार मानेर प्रदान गरिनेछ। २० अंक भने स्कुल आफैले मूल्यांकन गरेर प्रदान गर्नेछ। शर्माका अनुसार परीक्षामा ४ लाख ३२ हजार ५ सय सहभागी हुँदैछन्।

यस्तो छ परीक्षा तालिकाः

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *