नेसनल लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दावी भुक्तानी

आदर्श अनलाइन,बागलुङ

नेसनल लाइफ इन्स्योरेन्स कम्पनी बागलुङले आफ्नो कम्पनीका विमित परिवारलाई मृत्यु दावी भुक्तानी गरेको छ ।

कम्पनीले बागलुङ नगरपालिका–३ का सुनिता किसानलाई १४ लाख रुपियाँ बिमा रकम बापतको रकम हस्तान्तरण गरेको हो । बागलुङ शाखा प्रबन्धक तोयानात गौतमले किसानलाई बिहिबार चेक हस्तान्तरण गर्नुभएको थियो ।

रोजगारीका क्रममा किसानका श्रीमान २८ बर्षिय रविन किसानको जेठ २६ गते साउदी अरवमा मृत्यु भएको थियो । चेक हस्तान्तरण पछि बोल्दै शाखा प्रमुख गौतमले विमा बापट प्राप्त रकमलाई छोरी छोरीका पठन पाठन र उद्यममा लगानी गर्न आग्रह गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *