म्याग्दीको रघुगंगामा हेलिकप्टरबाट ट्रान्सफर्मर ढुवानी

सन्तोष गौतम,म्याग्दी

जिल्लाको भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने रघुगंगा गाउँपालिका–६ का विभिन्न बस्तीमा हेलिकप्टरबाट ट्रान्सफर्मर ढुवानी गरिएको छ ।

रघुगंगा गाउँपालिकाले सिम्रिक एयरको हेलिकप्टरबाट बेनीदेखि रायखोर र मुलपानीमा ट्रान्सफर्मर ढुवानी गरिएको हो । सडक सुविधा नपुगेको विकट क्षेत्रमा केन्द्रीय प्रशारण लाइनको विद्युत विस्तारका लागि हेलिकप्टरबाट ट्रान्सफर्मर ढुवानी गरिएको गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले बताए ।

‘विद्युत प्राधिकरणले सडक पुग्ने ठाउँसम्मका लागि मात्र ढुवानी गर्नेगरी ठेक्का लगाएको रहेछ,’ उनले भने ‘वायरिङ भइसकेको घरमा ट्रान्सफर्मर नभएर बिजुली नबलने देखिएपछि पालिकाले खर्च तिर्नेगरी ढुवानी गरेको हो ।’

७५५ किलोग्राम तौल भएका १०० केभीए क्षमताका दुई वटा ट्रान्सफर्मर हेलिकप्टरमा झुण्डाएर ढुवानी गर्दा दुई लाख ६१ हजार ७०० रुपैयाँ खर्च भएको गाउँपालिकाले जनाएको छ । ट्रान्सफर्मर ढुवानी गर्न बेनीबाट दुई पटक उडान भएको थियो ।

रायखोर, मुलपानी र उल्लेरीका ९१ घरमा ६५० जनसंख्याको बसोबास छ । त्यहाँ लद्युजलविद्युत परियोजनाको सुविधा पनि छैन् । उज्यालोका लागि सोलार र टुकीमा निर्भर छन् । नेपाल विद्युत प्राधिकरणले पाखापानीको कोटगाउँदेखि रायखोर उल्लेरी हुँदै मुलपानीसम्म केन्द्रीय प्रशारण लाइनको पोल गाडेर तार तान्ने काम सकेको छ ।

ट्रान्सफर्मर चार्ज गरेपछि विद्युत आपूर्ति गराइने प्राधिकरणको बेनी वितरण केन्द्रले जनाएको छ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *