आज फूलपाती भित्र्याइँदै,बागलुङमा बिधि मात्रै पुरा गरिने

आदर्श अनलाइन, बागलुङ

आज बडा दशैंको सातौं दिन अर्थात् फूलपाती । आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदैछ ।

घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैंघर अथवा पूजाकोठामा आज उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याइन्छ ।

‘नवपत्रिका’ पनि भनिने फूलपाती नौंवटी देवीको प्रतीकका रुपमा भित्र्याई शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

बागलुमा भने कोरोना संकटका कारण जिल्ला प्रशासन कार्यालयले नेपाली सेनाको ब्याण्डबाजा सहित फूलपाती ल्याउने गरिएकामा यस वर्ष विधि मात्र पूरा गरेर फुलपाती भित्राउदै छ । कालिका भगवती मन्दिर पुगेर फुलपाती लिई रुद्रेपिपलमा सामान्य पुजाआजा गरेर जिल्ला प्रशासनमा फुलपाती भित्राइने प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी दिए ।

देवीलाई बलियो बनाउन सहायक देवीको भूमिका हुने शास्त्रीय मान्यता छ । फूलपाती भित्र्याएपछि नौदेवीको विधिपूर्वक पूजाराधना गरिन्छ । प्रा। डा। गौतमका अनुसार फूलपाती भित्र्याउन साइत आवश्यकता पर्दैन ।

आश्विन शुक्ल प्रतिपदाका दिनमा वैदिक विधिपूर्वक घटस्थापना गरी जमरा राखेपछि शुरु हुने नेपालीको महान् चाड दशैंको चहलपहल आजैका दिनदेखि बढ्छ । आजदेखि सरकारी कार्यालय पनि बिदा हुने भएकाले विभिन्न पेशा र व्यवसायमा संलग्न मानिस सपरिवार बसेर दुर्गाभवानीको प्रसादका रुपमा टीका थाप्न आ–आफ्ना घर फर्कने क्रम अझ तीव्र हुन्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *