तनहुँमा जलविद्युत आयोजनाको सुरुङ निर्माणगर्दा अवरुद्ध खानेपानी सुचारु

आदर्श अनलाइ, तनहुँ  
तनहुँको ऋषिङ गाउँपालिका-१ झापुटारमा खानेपानीको समस्या हटेको छ ।

विगत दुई महिनादेखि एक सय १४० मेगावट क्षमताको तनहुँ जलविद्युत् आयोजनाका मुख्य प्रभावित क्षेत्रको रूपमा रहेको झापुटार र बेलटारका बासिन्दाले खानेपानीको अभावमा चर्को समस्या भोग्दै आएका थिए । तनहुँ जलविद्युत् आयोजनाको सक्रियतामा अवरुद्ध हुँदै आएको खानेपानी सञ्चालनमा आएको हो ।

तनहुँ जलविद्युत् आयोजनाको सुरुङ निर्माणको क्रममा पाइपमा क्षति पुगेपछि खानेपानीको समस्या झेल्दै आएका झापुटारवासी मङ्गलबारदेखि भने खुशी भएका छन् । लामो समयपछि धारामा पानी आउँदा खुशी लागेको स्थानीय कालीमाया थापाले बताउनुभयो । “करिब ‘एक÷डेढ घण्टा लगाएर पाटन, बन्चरेलगायत स्थानमा पुगेर पानी लिन जानु पर्ने बाध्यता थियो”, उहाँले भन्नुभयो, “दशैँमा पानीको जोहो गर्न गाह्रो हुन्छ कि भन्ने लागेको थियो, तर धारामा पानी आएसँगै खुशी लागेको छ ।”

आयोजनाले अवरुद्ध बनेको खानेपानी सञ्चालन गरिदिएपछि स्थानीयवासीमा खुशीको सीमा रहेको छैन । विगत लामो समयदेखि धारामा पानी नआउँदा यसपालिको दशैँमा पानी बोकेरै जाने भयो भन्ने सोचेकी थिएँ तर धारामा पानी आएपछि त्यो चिन्ता हटेको अर्का स्थानीय रेखा सिञ्जाली मगरले बताउनुभयो ।

झापुटारमा निर्माणाधीन आयोजनाले सुरुङ निर्माणका लागि माटो परीक्षण गर्ने क्रममा खानेपानीको मुहान र पाइपमा क्षति पुग्दा खानेपानी अवरुद्ध भएको थियो । यसबाट करिब ५०० घरधुरीले खानेपानीको समस्या भोग्दै आएका थिए । “बस्तीदेखि करिब दुई किलोमिटर दूरीमा पर्ने मुर्कुलुङ खानीडाँडाबाट ल्याइएको पानीको करिब २०० मिटर पाइपमा क्षति हुँदा स्थानीयवासीले खानेपानीको समस्या भोग्नुपरेको जीविकोपार्जन विज्ञ दीपेन्द्र शाहीले बताउनुभयो ।

“खानेपानीको समस्या भएपछि आयोजनाले स्थानीयवासीलाई ट्याङ्करको माध्यमबाट पानी वितरण गरे पनि पर्याप्त मात्रामा पु¥याउन सकेका थिएनौँ”, उहाँले भन्नुभयो, “निरन्तर प्रयासका कारण दशैँअगावै प्रभावित क्षेत्रका झापुटार र बेलटारवासीको खानेपानी समस्या समाधान गर्न सफल भएका छाँै ।”

आयोजनालाई पटक–पटक स्थानीयवासीले खानेपानी समस्याका बारेमा दबाब दिएपछि धारामा पानी आएको बेलटार बच्याङ गौडा सामुदायिक वन उपभोक्ता समितिका उपाध्यक्ष केशरबहादुर थापाले बताउनुभयो । “हामीले आयोजनासमक्ष धेरै माग राखेका छाँै”, उहाँले भन्नुभयो, “हाम्रा माग क्रमशः पूरा नभए आन्दोलन गर्न पछि हट्ने छैनौँ ।”

आयोजना प्रभावित क्षेत्रका बासिन्दाले राखेका माग जायज रहेको आयोजनाका उपनिर्देशक तुलसीप्रसाद सापकोटाको बताउनुभयो । एकै चोटी धेरै माग राखेको हुँदा प्राथामिकताको आधारमा पूरा गर्दै जाने उहाँले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *