धम्जा जाँदै गरेको पिकअप जीप तंग्राममा दुर्घटना,एक गम्भिर घाइते

आदर्श अनलाइन,बागलुङ

जिल्लाको काठेखोला गाउँपालिाका ४ तंग्राममा पिकअप जीप दुर्घटना भएको छ ।

बागलुङ बजारबाट काठेखोला—३ धम्जा देउराली तर्फ जाँदै गरेको ध १ ज २५४ नम्बरको पीकअप जीप तंग्रामको धारा मावि नजिकै बिहिवार राती दुर्घटना हुँदा धम्जा देउरालीकी ४७ वर्षीय देवी श्रेष्ठ घाईते हुनुभएको छ । उनको हात र ढाडमा चोट लागेको छ । घाइते श्रेष्ठलाई धौलागिरी अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारका लागि पोखराको गण्डकी अस्पतालमा लगिएको छ ।

चालक सहित जीपमा रहेका अन्य चार जना भने सकुशल रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी डिएसपी राजेन्द्र रेग्मीले बताए । गाडी सडकबाट केही मिटर तल खसेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *