– कृषिता अधिकारी (निशा)
आधा आकाश ढाकेका जगतजननि पृथ्वी रुवरुप हामी महिला इतिहासकाल खण्ड देखि नै शोषित र दमित छौं । पितृसत्तात्मक सोेचले गर्दा आज महिला र पुरुषलाई विभेद गरेको छ । महिलाहरु पुरुषको अधिनमा बस्नुपर्ने सामाजिक व्यवस्था तथा कु–संस्कार र संस्कृतिले बाँधेको अवस्था छ । किनकी हाम्रो समाजमा परिवारमा महिलाको भन्दा पनि बाबुको भुमिका सर्वेसर्वा छ । बाबुको आदेश मान्नुपर्ने छोरी मान्छे भएपछि घरभित्र चुलोचौको मा सिमित हो, अर्काको घर जाने जात पढाउनु हुँदैन । अझ हाम्रो गाउँ घरमा त छोरा जन्मे हर्ष खुशी व्यक्त गर्ने, वंश राख्ने भो बुढेसकालको साहारा भन्ने गरिन्छ । त्यही घरमा छोरी जन्मिए भने हेला गर्ने, नहेर्ने आँफु त्यही आमाको कोखबाट जन्मेको हो, त्यही आमाको दूध खाएर हुर्केको तिनै पुरुष आज महिला माथि आँफ्नो अधिन जमाइरहेका छन् ।
एउटी महिला दुःख कष्ट सहेर परिवार समाजमा विभिन्न भुमिका निर्वाह गर्छिन् कहिले छोरी, श्रीमती, बुहारी, आमा, सत्तेस्वरुपा जगत जननी, माता दुर्गा, सरस्वती, लक्ष्मी, महाकालीको अंश मानिने महिला आज हिंसा सहन बाध्य छन् । साँच्चै कहिले दाइजोको नाममा शोषण, कहिले बोक्सिको आरोप, कहिले मन्दिरमा लगेर चढाउने त कहिले झुमा प्रथा, घुम्टो प्रथा, जस्ता कु–संस्कार र कुरितिले त कहिले सति प्रथाले महिलाले हिंसा पीडित हुनुपरेको छ । यो सहनु परेको अवस्था हिजो पनि थियो र आज पनि छ ।
सन् १९७० को दशक देखि नै विश्वव्यापी रुपमा महिला सम्बन्धि विभिन्न सभा र सम्मेलनहरु जस्तैः पहिलो, दोश्रो, तेस्रो र चौथो विश्व महिला कार्यक्रम अघि बढेसंगै नेपालमा पनि वि.सं. १९२० मा चन्द्र समशेरले सति प्रथाको पूर्ण रुपमा अन्त्यको घोषणा गरि बमोजिमको कानुन निर्माण गरेका थिए । उक्त नियम अनुसार बालविवाह, विधुवा विवाह समेतमा सुधार भयो । जसले गर्दा महिला सति जानबाट रोक लगाइएको थियो र विस्तारै विस्तारै १९७७ मा सति प्रथाको पूर्णतया अन्त्य भयो । त्यस्तै नेपालमा दासदासी प्रथा पनि थियो । धनी, साहुमहाजनले दास बनाउने गर्थे १९८१ मा त्यसको पनि अन्त्य भयो । यसैगरी २०२० मा मुलुकी ऐन लागू संगै जतिपनि सामाजिक कु–प्रथा थिए । देउकी, झुमा, वादी, कमलरी, कमाइया जस्ता प्रथाहरु विस्तारै विस्तारै अन्त्य भयो र नेपालमा गणतन्त्र घोषणा भयो ।
यसैगरी २०६२÷६३ को जनआन्दोलनले महिलाको हक अधिकारको कार्यक्रम अगाडि सा¥यो । र महिलालाई पनि ३३÷५ को हक अधिकार नीति नियम ल्यायो । जसले गर्दा समाजमा रहेका असमान कानुन र तिनिहरुलाई महिला विरुद्धमा कार्यान्वयन नगरी महिलाको अवस्था पुरुष समान बनाउन उपयुुक्त कानुनी सुधार गर्नुपर्ने , शिक्षामा समान पहुँच हुनुपर्ने , सम्पत्तिमा पहुँच हुनुपर्ने, रोजगारीको अवसर महिला केन्द्रित हुनुपर्ने र महिलालाई योग्य बनाउने प्राविधिक तालिमको व्यवस्था जस्ता विभिन्न कार्यक्रम हुन थाले । समाजमा पनि छोरीलाई छोरा सरह समान व्यहार गर्नुपर्छ उनिहरुलाइ पनि शिक्षा तथा सम्पत्तिमा समान हक हुने, २०६६ साल मंसिर १ गते आमाको नामबाट नागरिकता पाउने नियम समेत बनाइयो ।
समय परिवर्तन संगै समाजमा पनि महिला पुरुष विचको भेदभावमा सुधार त भयो, लैङ्गिक हिंसा विरुद्ध आवाज उठ्न थाले विभिन्न संघसंस्था जसमा माइती नेपाल जसले बेचविखनमा संलग्न भएका हजारौं चेलिलाई उदार गरि विभिन्न सिपमुलक तालिममा सहभागी गरायो । समाजमा बेचविखन भएका चेलिलाई हेला तिरस्कार गर्नु हुँदैन भन्ने जनचेतना जगाइयो तर यदाकदा अझै पनि महिला शोषित भएको अवस्था विरलै छ । त्यस्तै ल्नय, क्ष्ल्नय, महिला, अपांग संघ, महिला पुर्नस्थापना केन्द्र जस्ता विभिन्न संघ संस्थाले महिला हितका लागि काम गर्दै आएको छ । यसैगरी महिला सुरक्षाको लागि तालिमहरु उपलव्ध गराएको छ तर पनि महिला हक अधिकार, विभिन्न कार्यक्रमका बावजुत पनि महिला हिंसा अन्त्य हुन सकेन पछिल्लो समयमा सामाजिक सञ्जाल, इन्टरनेट माध्यमबाट पनि यस्ता घटना व्याप्त छन् ।
नजानि नचिनि सम्बन्ध राख्नाले, भेटवार्ता गर्नाले पनि महिला बलात्कारका शिकार भएका छन् । त्यसो त हिजो तिनै महिला चुलोचौकोमा सिमित घासँ दाउरा वनजंगल गर्ने आज चुलोचौको देखि बाहिर निस्केका छन् कोहि डाक्टर, ईञ्जिनियर, सिपाही, उद्योग व्यवसाय, सञ्चार क्षेत्र प्रविधिको क्षेत्र आदि विभिन्न क्षेत्रमा संलग्न भएर आफु सक्षम भएका छन् । आज महिला उच्च स्थानमा पुगेका छन्, महिला राष्ट्रपति भएको देश नेपाल तर पटक पटक महिला हिंसाका घटना भइरहेको अवस्था छ । नेपालमा पनि ऐन कानुन बनेको छ तर त्यसको पालना भने अझै राम्रोसँग भएको छैन किनकी नेपालको कानुन व्यवस्था वलियो नभएर हो वा शक्तिशाली व्यक्तित्वहरुको पहुँचले गर्दा हो, खै यस्तो घटना हुँदा पनि दोषिले सजाय पाउँदैन र पीडितले न्याय गत वर्षकै कुरा गर्दा कैयौं नाबालिका माथि बलात्कारका घटना भए ।
एउटी कलिली बालिका जुन आमा बाबुकी आँखाकी नानी थिइन् । पढेर ठूलो बन्ने सपना बोकेकी निर्मला पन्त गत साउन ११ गते बलात्कारको सिकार भइ उन्लाइ हत्या गरियो तर आज बर्षाे वित्दा पनि खै न्याय सायद शक्तिशाली व्यक्तिको आड पाएर होला दोषिलाई कार्वाही हुन सकेन पीडितको आत्माले कहिल्य न्याय पाउने यो घटना दिन प्रतिदिन दिन जटिल बनेको छ तर यहाँ देशको रक्षक नै पक्षक वनेका छन् देश निर्माण गर्न उच्च पद धारण गरेको प्रतिष्ठित व्यक्तिले नै आज महिला माथि शोषण गरेको छ कसरी हुन्छ देश सुन्दर शान्त अनि विशाल ।
पटक–पटक यस्ता घटना दोहोरी रहन्छन् अनि जनता सडकमा उत्रि रहन्छन् । तर छिट्टै ती आवाज लाठीचार्ज मै बन्द हुन्छन् । तर पनि, राज्य मौन किन ? अस्ति मात्र चितवनमा एउटी महिला माथि सामुहिक बलात्कार घटना यस्ता कैयौं घटना भएका छन,् जहाँ पीडित शोषित र दमित भएका छन् । आँफुमा भएको अन्याय, अत्याचार लुकाएर बसेको अवस्था समेत छ । तर, बहादुर मान्नै पर्छ, रोशनी शाहीलाई जसले आँफुमा भएको अन्याय अत्याचार विरुद्ध आवाज उठाइन् तर पनि कतै न कतै त्यस्ता नैतिक पतन भएका व्यक्तिहरु हामीले देखेका र सुनेका पनि छौ ।
किनकी आफ्नो स्वार्थको लागि अनैतिक कार्य गरेका पनि छन् । यस्ता व्यक्तिले गर्दा समाजमा नराम्रो प्रभाव पारेको छ, यस्ता विकृति र विसंगतिले गर्दानै हिंसाको घटना भइरहेको छ भने राष्ट्रको इज्जत मान प्रतिष्ठामा समेत आच आएको छ यो घटना आज गम्भीर विषय बनेको छ किनकि देशको उच्च पदधारण गरेको व्यक्तिको मान सम्मान सँग जोडिएको विषय हो यसमा सरकारले राम्रोसँग छानबिन अनुशासन प्रकृया अगाडि बढाइनुपर्छ सत्य तथ्यको खोज गरि सुचना बाहिर ल्याइनुपर्छ किनकि कहिलेकाही यस्ता खबरले पनि शारीरिक तथा मानसिकतामा नकारात्मक असर त पर्छ नै निर्दाेष व्यक्तिपनि यस्ता घटनाको सिकार भएका हुन्छन् तसर्थ, राज्यले पनि अवका दिनहरूमा यस्ता घटना नदोहोरियोस यसका लागि गम्भीरतापूर्वक ठोस कदम चालियोस सरकार !