बडिगाडका बाढी प्रभावितलाई पूर्व विद्यार्थीद्धारा तीन लाख सहयोग

कमल पौडेल, खर्वाङ

महेन्द्र आर्दश माध्यमिक विद्यालय वामी टक्सारका २०४८ सालको एसएलसी व्याच समुहले सोही समुहका सदस्य दुर्गा अर्याल सहितका पहिरो पीडितलाई राहत सहयोग गरेका छन् ।

बडिगाड गाउँपालिका वडा नं. २, राक्सेमा गत श्रावणमा गएको बाढी पहिरोले बिस्थापित भएका दुर्गा अर्यालका लागि २ लाख ५५ हजार ९ सय ५३ रुपैयाँ, मिना थापाको लागि ३४ हजार ८ सय ६५ रुपैयाँ र जुना बिकका लागि २० हजार रुपैयाँ गरि ३ लाख १० हजार ८ सय १८ रुपैयाँ सहयोग गरिएको हो ।

सहयोग हस्तान्तरण कार्यक्रममा जिल्ला समन्वय समिति बागलुङका उपप्रमुख विष्णुप्रसाद भुसालले वागलुङमा यस वर्ष वाढि तथा पहिरोको कारण ५३ जनाको मृत्यू भएको र ५ सय ९० वढि घर क्षतिग्रस्त भएको भन्दै सवै घर पुर्ननिर्माणका लागि ३ लाख ५० हजारका दरले रकम उपलब्ध हुने गरि तयारी भैरहेको जानकारी दिनुभयो । दुःखको बेला साथमा रहने साथीहरुको काम सह्रानिय रहेको भन्दै उपप्रमुख भुसालले महेन्द्र आर्दशको २०४८ व्याचले गरेको नमुना काम अरुको लागि पनि सिकाई हुने बताउनुभयो ।

वडा अध्यक्ष ढाल प्रसाद शेरचनले पहिरो पिडितहरुको लागि सुरक्षीत आवाश निर्माणको लागि स्थानिय सरकारको तर्फवाट प्रदेश तथा संघिय सरकारमा क्षतिको विवरण सहित सिफारिस गरिएको भन्दै सवै विस्थापितलाई पुर्नस्थापनाको लागि पहल भइरहेको जानकारी गराउनु भएको थियो । कार्यक्रममा विस्थापित दुर्गा अर्यालले सहयोगी साथहरुलाई धन्यवाद व्यक्त गर्नुभएको थियो। कार्यक्रममा रामचन्द्र खरेलले सहयोग दाताको नाम र रकमको जानकारी गराउनुभएको थियो। सो कार्यक्रम कल्पना काफ्ले घिमिरेको अध्यक्षता एवं अनन्तलाल भण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *