प्रधानमन्त्री ओलीद्वारा देशवासीका नाममा सम्बोधन

आदर्श अनलाईन

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार देशवासीका नाममा सम्बोधन गर्नुभएको छ ।

महान पर्व वडा दशैंको अवसर पारेर प्रधानमन्त्री ओलीले देशबासीका नाममा सम्बोधन गर्नुभएको हो । सम्बोधनका क्रममा प्रधनमन्त्री ओलीले कोभिड १९ संक्रमणको जोखिमलाई ध्यान दिदै दशैं मनाउन आग्रह गर्नुभएको छ । चाडवाडहरु पर्व र उत्सव मात्रै नभएर सामाजिक प्रबन्धका आधार समेत भएकाले महामारीको बीचमा पनि संयमित भई चाडपर्व मनाउन देशवासीलाई आग्रह गर्नुभएको छ । ज्येष्ठ नागरिक, बालबालिका र कमजोर स्वास्थ्य अवस्था भएका व्यक्तिमा संक्रमण घातक हुन सक्ने भएकाले सचेत भई जो जहाँ छौं त्यहिं चाडपर्व मनाउन आग्रह गर्नुभयो ।

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले कोरोना रोकथाम तथा उपचारमा सरकार कर्तव्य विमुख हुन नखोजेको स्पस्ट पार्नुभएको छ । विभिन्न माध्यममा कोरोना उपचारको विषयमा अनावश्यक अफवाहका आइरहको र त्यसको पछाडि नलाग्न समेत आग्रह गर्नुभएको छ । लकडाउन भएदेखि अहिलेसम्म जनतालाई भयभित बनाउने र थुप्रै अफवाह फैलाउने काम भइराखेको पनि प्रधानमन्त्री ओलीले बताउनुभयो । महामारी विरुद्धको लडाईमा पक्ष र विपक्षको स्वार्थमा नलाग्न र दाउपेच नबनाउन समेत आग्रह गर्नुभयो ।

सरकार कहिल्यैपनि कर्तव्यविमुख नहुने र जनताको स्वास्थ्यमा गम्भीर भएको पनि उहाँले बताउनुभयो । कोभिड १९ संक्रमणमा परेका सबै नागरिकको यथोचित उपचारको व्यवस्था सरकारले गर्ने उहाँको भनाई छ । निजी अस्पतालमा कतिपयले उपचार गराई सरकारलाई सहयोग गरिराखेको उल्लेख गदैं प्रधानमन्त्री ओलीले नसक्नेलाई सरकारले निःशुल्क उपचार गर्ने स्पष्ट पार्नुभएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *