बजार अभावले गोदाममै थन्कियो अलैची


–सुवास गौतम, बागलुङ

बागलुङमा बाँझो भएर खेर गएको जमिन, भिरालो जमिनबाट अलैँची खेतीको विस्तार गरेका कृषकले सुरुमा भने जस्तो मुल्य पाउँदा भिरालो जमिन मात्रै हैन, खेतीयोग्य जमिनमा समेत अलैँची खेती विस्तार भइरहेको छ । तर बागलुङका अधिकांश किसानले गत वर्ष उत्पादन गरेको अलैची समेत बिक्रि नहुँदा गोदाममै राखेका छन् ।

७ वर्ष अघि ताराखोलाका शिक्षक इन्द्र बहादुर रोकाले आफ्नो चार रोपनी जग्गामा अलैँची खेती विस्तार गर्दा गर्दा सुकेको अलैँचीको मुल्य प्रति किलो रु.दुई हजार ५ सयमा घरबाटै बिक्री भइरहेको थियो । अलँैचीको मुल्य देखेर रोकाले धमाधम अलैची खेती विस्तार गरी २० रोपनी पु¥याउनुभएको छ । तर, अलैँची उत्पादन गर्ने समयमा अलैँचीको मुल्य नपाउँदा रोका मात्रै हैन, बागलुङका अधिकांश किसान चिन्तित भएका छन् ।

रोकाले पोहोर उत्पादन गरेको दुई क्विन्टल सुकेको अलँैची समेत गोदाममै रहेको छ । पोहोर अत्याधिक हिउँ परेका कारण अलैँची उत्पादनमा भारी गिरावट भए पनि अहिले राम्रो अलैँची उत्पादन भएको छ । अहिले पोहोरको भन्दा ७५ प्रतिशतले अलैँची उत्पादनमा वृद्धि भए पनि मुल्य कम पर्नेे चिन्ता रोकालाई छ । उहाँले पोहोरको र अहिलेको गरेर ७ क्विन्टल अलैँची बेच्ने भएपनि हाल सम्म गोदाममै थन्किएको बताउनुभयो । उहाँका अनुसार प्रति किलो ६ सय रुपैयाँमा बिक्री गर्न पाए पनि राम्रै हुने थियो ।

ताराखोला–२ अर्गलका करिब ४० जना कृषकहरु अहिले अलैँची टिप्न व्यस्त छन् । गत वर्षको तुलनामा अलैँची उत्पादन ७५ प्रतिशतले वृद्धि भए पछि कृषकहरुलाई अलैँची उत्पादनमा भ्याई नभ्याई छ । गत वर्षको अलैँची समेत बिक्री नभएका कारण बजारिकरणको कुरामा उनीहरुको मनमा चिसो पसिरहेकै छ । “शुरुमा दुई हजार ५ सयमा ताराखोलाबाटै बिक्री भएको अलैँची अहिले प्रति केजी ६ सयमा बिक्री हुन समेत समस्या छ” अलैची कृषक रोकाले भन्नुभयो “पोहोरको डेढ क्विन्टल अलैँची गोदाममा थन्किएको छ, अहिलेको अलैँची बिक्री हुन के गर्ने हो ?”

यस्तै अर्गलकै किसान खड्कबहादुर घर्ती सहित तीन जना मिलेर धान फल्ने खेतमा अलैँची खेती विस्तार गर्नुभएको थियो । उहाँले पनि पोहोरको अलँैची समेत बिक्री नभएको गुनासो गर्नुभयो ।
१३ रोपनी जग्गा भाँडामा लिएर अलैँची खेती विस्तार गरिए पनि अहिले अलैँचीले मुल्य नपाउँदा समस्या भएको घर्तिको गुनासो छ । यस्ती सोही स्थानका अम्मर थापाले लगाउनुभएको ८ रोपनी क्षेत्रफलको अलैची पोहोर देखि गोदामै थन्किएको छ । उहाँले युरोपका विभिन्न देशमा नेपालको सुकेको अलैँची प्रति केजी रु.तीन हजार ६ सयमा बिक्री भए पनि किसानले जम्मा ६ सय रुपैयाँ पाएको बताउँनुभयो । “दुःख नेपाली किसानले गर्ने, नेपालको अलैँचीको ट्रेड मार्क नहुँदा नाफा जति भारतले लगेको छ” घर्तिले भन्नुभयो “नेपाललेनै विश्वबजारमा अलँैची पठाउन नसक्ने हो भने नेपालका अलैँची किसान निरुत्साहित हुनेछन् ।”

६ सय रुपैयाँमा नेपालीबाट किनेको अलैँची भारतले नेपालको झापा स्थित विर्तामोडमा संकलन गरी प्रशोधन पश्चात तेस्रो मुलुकमा चर्को मुल्यमा पठाउँदै आएको छ ।

नेपालले सिधै तेस्रो मुलुकमा अलैची उत्पादन गर्न सके किसानले राम्रो आम्दानी गर्न सक्ने अवस्था आउने छ । जिल्लाको ताराखोला–२ अर्गलमा मात्रै ४० भन्दा बढी कृषकले ४ सय रोपनी क्षेत्रफलमा अलैची खेती गर्दै आएका छन् । ताराखोला मात्रै होइन, गलकोट, जैमिनी लगायतका क्षेत्रमा समेत अलैँचीको व्यावसायिक खेती हुँदै आएको छ । बागलुङका अलैँची किसानले शुरुमा यथोचित मुल्य पाए पनि वर्षेनी मुल्य घट्दै गएका कारण पोहोर सुकाएको अलची समेत गोदाममै रहेको गुनासो गर्छन् ।

गलकोट नगरपालिका–१ दुदिलाभाटीका किसाना कृषक सम्मर बहादुर खड्काले ६ रोपनी क्षेत्रफलमा अलैँची खेती गर्दै आउनुभएको छ । उहाँले बसाइ सराइका कारण जग्गा बाँझो हुन थालेपछि अलैँची खेती विस्तार गरिएको बताउनुभयो । उहाँले सोचे जस्तो अलैचीको मुल्य नपाउदाँ भने समस्या भएको बताउनुहुन्छ । जैमिनी नगरपालिका–२ दमेकका किसान बलिभद्र सापकोटाले अलैँची उत्पादनबाट भने जस्तो मुल्य नपाउँदा दुख खेर जान थालेको गुनासो गर्नुृभयो । सापकोटाले विचौलियाका कारण अलैँचीको मुल्यमा गिरावट आएको भन्दै भारतबाट आएका बिचौलियाले सस्तो मुल्यमा अलैँची खरिद गरी तेब्बर नाफा कमाउदा किसान समस्यामा परेको बताउनुभयो । बागलुङमा पछिल्लो एक दशक यता अलैँचीको व्यावसायिक उत्पादन शुरु भएको हो ।

अलैँचीबाट मसला, युरोपियन देशमा तेल, मदिराको स्वाद लगायतका अमुल्य पदार्थ उत्पादन हुने गर्दछन् । अलैँचीमा औषधिय गुण समेत रहेको कृषकहरुले बताउँदै आएका छन् । पोहोर अलँैचीको भाउ खोज्दा–खोज्दै बन्दाबन्दी भएका कृषकहरुले यो वर्ष अलैँची सस्तो मुल्यमा भए पनि बिक्री गर्ने लक्ष्य राखेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *