बस दुर्घटना : दशैं मनाएर फर्किदा मृत्यु हुनेको संख्या १४ पुग्यो

आदर्श अनलाइन, काठमाण्डौं
सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिका १० मा शुक्रबार बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १४ पुगेको छ।

भोटसिपाबाट काठमाडौंका लागि छुटेको हेलम्बु यातायातको बा २ ख २७१५ नम्बरको बस दुर्घटना भएको हो। ६ जनाको घटनास्थलमै मृत्यु भएको हो भने अन्य आठ जनाको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। उपचारका लागि धुलिखेल अस्पतालमा ल्याइएका अन्य २५ जनाको उपचार भइरहेको काभ्रेका जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी जयराज सापकोटाले जानकारी दिनुभयो।

दुर्घटनामा ५० बढी घाइते भएको अनुमान गरिएको छ। बस भोटसिपाको तिखुमोडबाट करिब दुई सय मिटर तल खसेको डीएसपी माधव काफ्लेले बताउनुभयो। मृतकमध्ये पाँचजनाको सनाखत भएको छ। इन्द्रावती ९ का हिरा श्रेष्ठ, सोही स्थानका विनोद लम्साल, इन्द्रवती १० ऋदेश आचार्य, चालक काभ्रे बनेपाका केदार महाजु पाँचखालकी संगीता फुर्कोटीको सनाखत भएको काफ्लेले बताउनुभयो। उहाँका अनुसार अन्य एक जनाको भने सनाखत हुन सकेको छैन।

दसैं मनाएर घर फर्किने र घर पुगेर काममा फर्किने यात्रुको खचाखभ भएकाले मृतकको संख्या अझ बढ्न सक्ने स्थानीय राजु आचार्यले जानकारी दिनुभयो।

घाइतेको उद्धारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय खटिरहेका छन्। घाइतेको एम्बुलेन्स र हेलिकप्टरबाट उद्धार भइरहेको इन्द्रावती गाउँपालिका १० का वडाअध्यक्ष जीवन थापामगरले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *