एउटा साधारण खोजले कसरी कमाउँछ खर्बौँ डलर ?

कुनै अध्ययन वा नयाँ खोजको मूल्य कति हुन्छ ? त्यसको कुनै अनुमान गर्न सकिँदैन । हामीमध्ये सबैजसो प्रत्येक दिन केही न केही नयाँ कुरा खोजिरहेका हुन्छौँ र केही प्राप्त समेत गरिरहेका हुन्छौँ । तर, धेरैजसो खोजबाट हामीलाई केही पनि हात लाग्दैन । तर, सबै अध्ययन वा खोजहरु त्यस्ता हुँदैनन् । कुनै खोजको क्रममा तपाईंले कुनै खजाना भेट्नुभयो भने त्यसको मूल्य अर्बौं पनि हुनसक्छ । संसार आज कोरोनाभाइरसको महामारीले ग्रसित छ । आजको दिनमा यो भाइरसको भरपर्दो औषधिको खोजले विश्वको आर्थिक शक्तिलाई नै बदल्ने क्षमता राख्न पनि सक्छ । यो एउटा विशेष प्रकारको अनुसन्धान हो ।

तर, एउटा सामान्य मोडेलले विश्वमा २ खर्ब डलरसम्म कमाएको छ भन्दा चाहिँ अनौठो लाग्नसक्छ । तर, त्यही भएको छ ।

सन् १९९४ मा अमेरिकी अर्थशास्त्रीद्वय पावल मिलग्रोम र रोबर्ट विल्सनले अक्सन (लिलामी) सम्बन्धी एउटा ढाँचाको विकास गरे । व्यवहारिक रुपमा यो ढाँचाको प्रयोग गरेर विश्वका विभिन्न सरकारहरुले २० वर्षको अवधिमा २ खर्ब डलरभन्दा बढी कमाउन सफल भएका छन् । यो ढाँचा नेपालको सार्वजनिक खरिदका लागि समेत उपयोगी हुने खालको छ ।

सोही आधारमा सन् २०२० को अर्थशास्त्रको नोबेल पुरस्कार ती दुई अर्थशास्त्रीलाई दिइएको छ । समग्र लिलामी सिद्धान्त र यो ढाँचाको बारेमा नोबेल फाउन्डेसनले प्रकाशित गरेको लेख यहाँ अनुवाद गरिएको छ ।

उत्तम लिलामीको सर्वोत्तम मोडल

लिलामी (अक्सन) ले क्रेता र बिक्रेताका लागि हरेक दिन मूल्यको भविष्यवाणी गर्छ । यस वर्षका बिजेता (नोबेल पुरस्कार बिजेता) पाउल मिलग्रोम र रोबर्ट विल्सनले लिलामीसम्बन्धी सिद्धान्तलाई परिष्कृत गरेका छन् र अम्सनसम्बन्धी नयाँ ढाँचा विकास गरेका छन् । यसले विश्वभरका बिक्रेता, खरिदकर्ता र करदातालाई फाइदा पुर्याएको छ ।

लिलामीको इतिहास लामो छ । प्राचीन रोममा ऋण तिर्न नसक्नेहरुको सम्पत्ति जफत गरेर ऋणदाताहरुले लिलामी गर्थे । विश्वको सबैभन्दा ठूलो लिलामी गृह (अक्सन हाउस) स्टकल्होम आक्सन्सेव १६७४ मा स्थापना भएको थियो । यसको उद्देश्य विनियोजित सम्पत्तिको बिक्री गर्नु थियो ।

आजकल जब हामी लिलामी शब्द सुन्छौँ, सायद परम्परागत फर्म वा कलात्मक वस्तुको बोलबकोलबारे सोच्छौँ । तर, यस्तो लिलामी इ–कमर्शबाट बेच्ने सामान वा एसेट्स एजेन्टमार्फत् गरिने सम्पत्ति खरिदमा समेत प्रयोग हुनसक्छ । यस्तो लिलामी एउटा करदाता वा नागरिकको लागि पनि महत्वपूर्ण हुन्छ ।

कुनै गतिशील विद्युत् महशुल प्रणालीमा यस्तो विद्युत्को मूल्य विद्युत्को क्षेत्रगत लिलामीले निर्धारित गर्छ । मोबाइलमा हामीले गर्ने कुराकानीको मूल्यलाई कभरेज स्पेक्ट्रमको लिलामीमार्फत् हुने रेडियो फ्रिक्वेन्सीले निर्भर गर्छ । अहिले सबैजसो देशहरुले लिलामीमार्फत् सरकारी ऋणपत्रको बिक्री गर्छन् । उता युरोपियन युनियनले विश्वव्यापी तापमान नियन्त्रणका लागि समेत लिलामीकै प्रयोग गर्छ । युनियनको इमिसन अलाउन्सेसको उद्देश्य यही नै हो । त्यसैले प्रत्येक सार्वजनिक लिलामी प्रक्रियाले हामीलाई प्रत्येक तहमा असर गरिरहेको हुन्छ । त्यसैले यस्तो लिलामी दिनप्रतिदिन सर्वव्यापी र सँगसँगै जटिल पनि बन्दै गएको छ ।

लिलामी सिद्धान्तमा यस वर्षका (नोबेल पुरस्कार) बिजेताहरुले ठूलो योगदान दिएका छन् । उनीहरुले लिलामीले कसरी काम गर्छ र बोलपत्रदाताको व्यवहार कस्तो हुन्छ भन्ने व्याख्या गरेका मात्रै छैनन्, वरु उनीहरुले वस्तु तथा सेवाको बिक्रीका लागि नयाँ सैद्धान्तिक ढाँचाको आविस्कार गरेका छन् । यो ढाँचाको प्रयोग अहिले संसारभर फैलिएको छ ।

लिलामी (अक्सन) सिद्धान्त

(नोबेल पुरस्कार) बिजेताहरुको योगदानबारे बुझ्नको लागि हामीले लिलामी सिद्धान्तको बारेमा धेरै थोरै बुझ्नु आवश्यक छ । लिलामीको नतिजालाई विभिन्न तीनवटा तत्वले निर्भर गर्छ । लिलामीको नियम वा ढाँचा, लिलामीको उद्देश्य र अनिश्चितताको तह । लिलामी सिद्धान्तको प्रयोगद्वारा उल्लेखित ३ वटा तत्वले बोलपत्रदाताको रणनीतिक व्यवहार र यसको नतिजालाई कसरी निर्देशित गर्छ भन्ने व्याख्या गर्छ । यो सिद्धान्तले सबैभन्दा बढी मूल्य आउनेगरी लिलामीको ढाँचा कसरी निर्धारण कसरी गर्ने भन्ने समेत देखाउँछ । यो वर्षको आर्थिक विज्ञान (अर्थशास्त्र) का बिजेताहरुले नयाँ निश्चित प्रकारको लिलामीका लागि ढाँचाको सिर्जना गरेका छन्, जसले यो कार्यलाई थप प्रभावकारी बनाएको छ ।

लिलामीका प्रकार

१७ औँ शताब्दीमा स्थापना भएका अक्सन हाउसले इङ्लिस (ब्रिटिस) अक्सनको प्रयोग गरेर व्यक्तिगत वस्तुहरुको बिक्री गर्थे । यस्तो लिलामी न्यूनतम मूल्यबाट सुरु भएर अधिकतम मूल्यमा गएर टुंगिन्छ । बोलपत्रकर्ताले सुरुमा कम मूल्य कबोल गर्छन् । अरुको बोलकबोलको आधारमा प्रत्येकले बिस्तारै उच्च मूल्य कबोल गर्दै जान्छन् । यस्तो लिलामीमा बोलपत्रदाताले सबै मूल्य देख्न सक्छन् र पछिल्लो उच्च मूल्यभन्दा माथि अर्को मूल्य राख्ने कि नराख्ने भनेर निर्णय गर्न सक्दछन् । जसले सबैभन्दा बढी मूल्य राख्छ, सोही व्यक्तिले त्यो बोलपत्र हात पार्छ ।

यसको विपरित डच (नेदरल्याण्डको) लिलामी उच्च मूल्यबाट सुरु हुन्छ र न्यूनतम मूल्यमा गएर टुंगिन्छ । तोकिएको मूल्यमा वस्तुको बिक्री नभएसम्म मूल्य कम हुँदै जान्छ । तर, यी दुवै प्रकारको लिलामीमा सबै सहभागीले सबै बोलपत्रको मूल्य थाहा पाउन सक्दछन् ।

तर, यीबाहेक अरु धेरैजसो अरु लिलामी प्रक्रियामा बोलपत्रहरु बन्द हुन्छन् । सार्वजनिक खरिद प्रक्रियामा बोलपत्रदाताले प्रायःजसो सिलबन्दी बोलपत्र पेश गर्छन् । बोलपत्रकर्ताले दिइएको योग्यता पूरा गरेका र सबैभन्दा न्यून मूल्य कबोल गरेका कम्पनीलाई यसअन्तर्गत छनौट गरिन्छ । यस्तो लिलामीमा केही बोलपत्रकर्ताले सबैभन्दा उच्च मूल्यलाई अन्तिम मूल्य मान्ने (पहिलो मूल्य लिलामी) विधि अपनाउँछन् भने केही बोलपत्रकर्ताले दोस्रो उच्च मूल्यलाई छनौट गर्ने (दोस्रो मूल्य लिलामी) विधि अपनाउँछन् ।

त्यसोभए, यीमध्ये कुन लिलामी ढाँचा सबैभन्दा छ त ? भन्ने कुरा लिलामीको नतिजामा मात्रै निर्भर हुँदैन । किनकी वास्तवमा “उत्तम” भनेको के हो भन्ने व्याख्यामा यो निर्भर हुन्छ । निजी बिक्रेताले सामान्यतया धेरै मूल्य प्राप्त गर्न चाहन्छन् । तर, सार्वजनिक बिक्रेताको उद्देश्य फराकिलो हुन्छ । जस्तै, कुनै बोलपत्रदाताले कुनै वस्तुको बिक्री गर्दा समग्र समाजमा यसको दीर्घकालीन असर कस्तो पर्छ भन्ने ख्याल गर्नुपर्ने हुन्छ ।

त्यसोभए सबैभन्दा उत्तम लिलामी केलाई भन्ने त ? यो विषयले धेरै अर्थशास्त्रीहरुको दिमागमा लामो समयदेखि डेरा जमाएको छ ।

लिलामीको विश्लेषण सबैभन्दा कठिन हो । किनकी यसमा कुनै बोलपत्रदाताले अर्को बोलपत्रदाताले कबोल गर्नसक्ने सम्भावित मूल्यबारे गर्ने अनुमानले समग्र बोलपत्रको मूल्य निर्धारण गर्छ । के कुनै वस्तुको मूल्यांकन एउटा व्यक्तिले बढी वा अर्को व्यक्तिले कम गर्छ ? यस्तो मूल्यांकनले फरकफरक बोलपत्रदातामा कुनै वस्तुको मूल्य वा विशेषताबारे बढी ज्ञान भएको जनाउँछ ? बोलपत्रकर्ताले अन्तिम मूल्य घटाउन लिलामीलाई म्यानुपुलेट गर्न सक्छ कि सक्दैन ? भन्ने प्रश्न यहाँनिर आउँछ ।

लिलामीको व्यक्तिगत (प्राइभेट) मूल्य

सन् १९९६ का नोबेल पुरस्कार बिजेता विलियम ब्रिकेले १९६० को दशकमा पहिलोपटक लिलामी सिद्धान्त निर्माण गरेका थिए । उनले एउटा विशेष अवस्था (केस) को विश्लेषण गरे जसमा बोलपत्रकर्तासँग लिलामी हुने वस्तु तथा सेवाको निजी मूल्य हुन्छ ।

उनका अनुसार एउटा बोलपत्रदाताले कबोल गर्ने मूल्य अर्को बोलपत्रकर्ताको मूल्यसँग स्वतन्त्र हुन्छ । उदाहरणको लागि एउटा नोबेल पुरस्कार बिक्रेतासँग डिनरको लागि ‘च्यारिटी लिलाम’ हुनसक्छ । त्यसका लागि तपाईं कति मूल्य तिर्नुहुन्छ भन्ने विषय व्यक्तिगत हो । तपाईंको आफ्नो मूल्यांकन अरुसँग निर्भर हुँदैन । त्यसैले यस्तो लिलामीमा तपाईंले कति मूल्य कबोल गर्नुहुन्छ, त्योभन्दा बढी मूल्य तपाईंले कबोल गर्नुहुन्न ।

सो सिद्धान्तमा बिक्रेले ब्रिटिस, डच लगायत विश्वमा प्रचलित लिलामी ढाँचाको संरचना समेत उल्लेख गरेका थिए । यी सबैले ढाँचाले बोलपत्रकर्ताहरु विवेकशील र जोखिमरहित भएको अवस्थामा बिक्रेताको अपेक्षित आय उस्तै हुने देखाउँछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *