पुर्विय संस्कृति दसैँ र अचुक औषधि जमरा

-सरोजराज पन्त


हिन्दु धर्म संस्कृति अनुसार असत्य माथि सत्यको जित भएको खुशीयालीमा मनाइने दसैमा प्रयोग गर्ने जमराबाट सुस्वास्थ्य, दीर्घ जीवन, भाग्य खुल्ने, विजय हुने, शत्रु नाश हुने विस्वासका साथ हरेक बर्ष भटस्थापनाका दिन घरमा जमरा राख्ने दुर्गामाताको पूजापाठ गरी विजया दशमीको दिनमा टिका जमरामा लगाउने प्रचलन रहयो । हाम्रा पूर्वजहरुले पहिले नै पुष्टि गरिसकेको जमरा निधारमा लगाउँदा त त्यति राम्रो हुन्छ भने खाँदा राम्रो हुन्छ होला भन्ने बिषयमा अध्ययन गरी विदेशी भूमिबाट जमरालाई औषधिको रुपमा प्रयोग गर्न थालिेको पाइन्छ । नेपालमा दसै अलावा जमरा रोप्ने, जुस, पाउडर बनाउने र औषधिको रुपमा प्रयोग गर्न थालिेएको छ । यसरी हाम्रा पूर्वजले सबैभन्दा ठूलो शत्रु रोग हो । रोगको औषधि जमरा हो भन्ने बिषयमा परापुर्व कालमा नै प्रमाणित गरेका थिए ।

वर्षको एक पटक घरमा जमरा राख्ने पूजापाठ गरी विजया दशमीको दिनमा आफूभन्दा ठूला मान्यजनबाट टीका जमरा सहित आर्शिवाद लिनुलाई परम्परा संस्कृतिको रुपमा मात्र नलिई यस भित्रको वैज्ञानिकताको पनि अध्ययन गर्न जरुरी भएकोले पनि यो अध्ययन गरिएको छ । नेपालको धर्म संस्कृति अनुसार घटस्थापनाका दिन शुद्ध तरिकाले माटो, बालुवा ल्याएर गहुँ, जौ, रोपेर ९ दिनसम्म नवदुर्गा भगवती महाकाली, महासरस्वती, महालक्ष्मीको पूजापाठ गरेमा र ती जमरालाई फूलको रुपमा लगाउँदा र्दीघ जीवन, स्वस्थ्य रहने, शत्रु नास हुने, शरिर स्र्फुत हुने आदि विश्वास गरिन्थ्यो र सोही अनुसार अहिलेसम्म जमरा राख्ने, घटस्थापना देखि विजयादशमीसम्म नवदुर्गाको पूजा पाठ गर्ने प्रचलन रहि आएको छ । जमरा शिरमा लगाउँदा यति धेरै फाइदा हुने धार्मिक विश्वास कसरी रहन गयो ? यसका पछाडि वैज्ञानिक आधार के के छन् ? जमराको जुस के स्वास्थ्यको लागि फाइदा जनक छ ? यसको प्रयोगमा के कस्तो ध्यान दिनु पर्दछ भन्ने विषयलाई आधार मानेर यो अध्ययन गरिएको छ । अहिले आखिर अरु पूजा पाठ नगरी किन जमरा नै राखिन्छ ? त्यसमा पनि गहुँ, जौलाई किन रोजियो ? आजको औषधि विज्ञानले यसलाई कुन आधारले पछायो ? यस्ता प्रश्न आज उठेका छन् । यदी यो संस्कृति परम्परा मात्र भएको पाश्चात देशमा र विश्वका अन्य देशमा जमरा उर्मान, जुस पाउडर बनाएर किन प्रयोग गर्दछन् ? उनीहरुले त दशै मान्दैनन् । हाम्रा पूर्वजमा कस्तो वैज्ञानिक ज्ञान, क्षमता रहेछ त्यसैले हाम्रा पूर्वज सच्चा वैज्ञानिक हुन भन्न सकिन्छ ?

हिन्दुधर्मालम्मीहरुले बडा दशैँमा पूजा गरी पवित्र मानेर शीरमा लगाउने जमराको नियमित सेवनले मुटु रोग, दम, क्यान्सर,हाड जोर्नी सम्बन्धी रोग, एनिमिया, थाइराइडल र क्षयरोग, पाचन प्रणालीको समस्या, स्वास प्रस्वास सम्वन्धी रोग, मुत्र सम्वन्धी गडबडी, मुटु रोग तथा अन्य दीर्ध रोग निको हुने भन्दा धेरैलाई पत्यार नलाग्न पनि सक्दछ । जमराको बारेमा जानकारहरुले बाह्रै महिना गमलामा जमरा उम्रेकै हुन्छन् । त्यो पनि घरका सम्पूर्ण कोठामा राखिएका सयौँ गमलाहरुमा गहुँ, जौ बिहान उठ्ने बित्तिकै भिजायर माटो तयार गर्नु, जमरा रोप्नु, उम्रीसकेका जमरामा पानी हाल्नु र तयार भईसकेका जमरा उखेलेर रस निकाली बिरामीलाई खुवाउनु दैनिकी बनेको मात्र छैन् आम्दानीको मुख्य स्रोत बनेको छ । त्यसैले बिहान उठेदेखि राती सुत्ने बेलासम्म जमराको स्याहार सुसार गर्न भ्याई नभ्याई हुने घरको वल्लो कुनादेखि पल्लो कुनासम्म र तलदेखि माथिसम्म जमराका गमलाले खचाखच भरिएको हुन्छ । विज्ञान–प्रविधिको युगमा कैयौँ नाम चलेका अस्पतालले निको पार्न नसकेका क्यान्सर रोग जमराले निको बनाएको छ । जमरामा भिटामिन ई, सी, ए, बी ६, पोेटासियम, फोलिक एसिड, क्याल्सियम, कपर, प्रोटिन, म्याग्नेशियम, आइरन, फाइबर, फस्फोरस जस्ता खनिज पदार्थहरु पाइन्छन् जसले मानिसलाई स्वस्थ रहन सघाउछन् । डाइबेटिक एन्जिओपेथी, रक्तनलीहरुको कुनैपनि रोग, रेटिनोपेथी, आँखाको रेटिनामा हुने रोग, क्यान्सर , मधुमेहसँग लडने शक्ति जमरामा हुन्छ ।

जमरा दसैँको लागिमात्र होइन । जमरामा अमृत–रस रहेको र पुनर्जीवन दिने गरेको छ ।’जमराको रस नियमित सेवनबाट असाध्य रोग सबै निको व्यवसायिक रुपमा उन्नत जातको बीउ, माटो र मल प्रयोग गरी जमरा उमार्ने गरेमा रोग प्रतिरोधात्मक तत्व प्रशस्तै पाइन्छ । बहु–उपयोगी जमराको बारेमा धेरैलाई थाहा नभएकोले जुन सुकै रोगका लागि जमराको रस उपयुक्त हुने भएकाले घरघरमा यसको खेती गरेर स्वस्थ जीवन जीउन सकिन्छ । दिनहु बिहान खाली पेटमा ३० मिलिलिटर जमराको रस पिएमा अमृत समान हुने गर्दछ । हात खुट्टा झमझमाउन,आखा नदेख्ने, हिडडुल गर्न गाह्रो हुने बिरामीलाई आजकाल जमराको रस पीउन थालेदेखि पहिले जस्तै तन्दरुस्त भएको बताउछन् । जमराको अनुसन्धान गरेका अमेरिकी भू–विज्ञ डा. आर्क टक्सले जमरामा भएको औषधीय गुणले आहार र औषधि मध्ये सर्वोत्कृष्ट वनस्पती भएको पुष्टि गरेका छन् । डा. टक्सका अनुसार हरिया सागपातहरुमा पाईने पौष्टिक तत्वहरु भन्दा जमरामा पाईने तत्वहरु तुलनात्मक रुपमा बढि हुन्छ र यसमा रोगसंग लड्ने प्रतिरोधात्मक शक्ति जमरामा हुने भएकाले क्यान्सर रोग समेत निको हुने डा. टक्सको दावी छ । यसैगरी अमेरिकी महिला डाक्टर आन विगमोरले गहुँ तथा जौँ मिलाएको जमराको रसमा पृथ्वीमा भएका अन्य ४७०० विभिन्न वनस्पतीमा भन्दाबढी खनिज तत्व, पोषण र भिटामिन पाइन्छ र जमराको रस पिएमा अमृत समान हुने गर्दछ ।

अतः १ औँस (२८.४ ग्रा.) जमराको रसमा ४० औंस (११३ ग्रा.) साग सब्जीको रसमा पाईने भन्दा बढि खनिज तत्व, पोषण र भिटामिन रहेकोले जमराको रस मानव जातिकोलागि उपयोगी छ । जमरामा हुने रस मानव रगतसंग ४० प्रतिशतले मेल खाने र यसमा ७० प्रतिशत हरितकणिका रहेकोले यसको नियमित सेबनले मानिसको रक्त बिकार कलेजोको विषाक्तता, पेट र आन्द्राको खरावी, पुराना घाउ, मधुमेह तथा क्यान्सर समेत निको पार्न सकिने बताउछिन्। गहुँ तथा जौँको जमराको रस सेवनबाट रोगको उपचार भएपछि डा. विगमोर आफै संसारका बिभिन्न देशमा पुगेर उपचार गरि धेरै प्रकारका रोगीहरुलाई निको पार्न सफल पनि बनन्।ि उनले भरतमा समेत जमराको उत्पादन गरेर क्यान्सर लगायतका रोग निको बनाएको उदाहरण दिएकी र अहिले बिभिन्न देशहरुमा जमरा सेवनबाट उपचार गरिरहेका चिकित्सक, जमरा उत्पादक र सर्वसाधारण नागरिकलाई तालिम दिने गरेकी छन् । जमराको औषधीय गुणका बारेमा बिभिन्न देशले अनुसन्धान तथा प्रयोग गरिरहेकोले नेपालमा पनि बिगत केहि वर्षदखि जमराको प्रयोग भएको छ । तापनि यसले व्यापकता पाउन भने सकेको छैन । नेपालमा विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) ले जमराको बारेमा खोज र अनुसन्धान सुरु गरेको छ र जमरामा धेरै औषधीय गुण रहेकोले यसबारेमा प्रचार–प्रसार हुनुपर्ने जनाएको छ । त्यसो त जमराको बारेमा लामो समयदेखि खोज–अनुसन्धान गरिरहेका त्रिभुवन विश्वविद्यालयका प्रोफेसर डाक्टर तीर्थ बहादुर श्रेष्ठले पनि जमरामा प्रशस्तै औषधीय गुण भएको बताउँछन् ।

परम्परागत रूपमा दसैमा टिका र जमरा लगाउने,सुभसाइतकोरुपमा प्रयोग गर्ने भए पनि आधुनिक चिकित्साविज्ञानको विकासक्रमले यसको बहुउपयोगी हुने र यसको नियमित सेवनले मानिसमा रोगसँग लड्ने प्रतिरक्षात्मक प्रणालीको विकासमा टेवा पु¥याई जटिल रोगको उपचारमा सहयोगी बन्ने प्रस्ट पारेको छ । क्याल्सियमको मात्रा पाइने जमराको जुसले प्राणघातक रोगहरु जस्तै क्यान्सर, मुटु सम्बन्धी रोग, डेंगु र ब्लड सुगर लगायतका रोगहरुबाट बचाई पेटसम्बन्धी रोगहरुलाई निर्मुल पार्दछ । बर्तमान विश्वब्यापी कोरोनाबाट बच्न जमराको प्रयोगमाथि अनुसन्धान जरुरी छ ।

जमराको जुस नियमित सेवनले हुने फाइदाहरु
यसले शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई पनि बढाउँछ । यसमा क्यान्सरसंग लड्ने क्षमता हुन्छ । जौको जुसले पेटको क्यान्सर,स्तन क्यान्सर, फोक्सोको क्यान्सर, सर्भाइकल क्यान्सर जस्ता भयानक क्यान्सर हुनबाट बचाउँछ । यो जुसले ब्याक्टेरियालाई बढ्न दिंदैन। साथै यो जुसले चिसो, रुघा खोकी लाग्नबाट बचाउँछ र रगतको सेतो ब्लड सेल्सलाई बढाउँछ । पाचन प्रणालीलाई बढाउँछ। यदि भोक लाग्दैन भने यसको चिया पिउनुहोस् । भोक लाग्न र खाना रुच्न मद्धत गर्छ, गर्मीमा थकानबाट जोगाउँछ, शरीरलाई चिसो र ताजा राख्दछ । गर्मी महिनामा धेरै पसिना आउने भएकाले शरीरमा घटेको पानी भरपाइ गर्ने काम यसले गर्छ । शरीरभित्रको फोहोर फाल्ने मात्र नभई नाकबाट रगत आउने, डण्डीफोर आउने र अल्सरजस्तो रोगविरुद्ध लड्ने एण्टीअक्सिडेन्टको काम गर्ने हुनाले यसले हाम्रो शरीरको कोषहरुलाई खराब हुनबाट जोगाउँछ, रगतमा कोलेस्ट्रोलको मात्रालाई ठीक गर्छ र मस्तिष्कको कार्य सञ्चालनमा पनि सहयोग गर्दछ । बढ्दो उमेरलाई छेक्न यसमा पाइने एन्टी–अक्सीडेन्टले बढ्दै गरेको उमेरलाई छेक्दै जवान देखाउन सगाउछ । आँखा स्वास्थ्यको लागि लाभकारी भिटामिन ए प्रसस्त मात्रामा पाइनेभएकोले आँखाको लागि राम्रो र आँखा कमजोर हुँदो आँखाको रोशनी बढाउनमा मद्दत गर्छ । कोलेस्ट्रोललाई नियन्त्रण गर्न अहिलेको समयमा उच्च कोलेस्ट्रोलको समस्याले धेरै मानिस पीडित छन् । कोलेस्ट्रोलको समस्याबाट राहत पाउनका लागि यसमा पाइने फाइबरले कोलेस्ट्रोललाई नियन्त्रण गर्नुका साथै मुटुलाई पनि स्वस्थ राख्नमा मद्दत गर्छ । प्रजनन क्षमतामा वृद्धि गरी टेस्टीकुलर र स्पर्म बन्ने प्रक्रियालाई मद्दत पुर्याउँछ,जसको मद्दतले प्रजनन क्षमतामा वृद्धि हुन्छ । मधुमेह रोग अहिले सामान्य भएतापनि खतरनाक रोग बनेको छ । मधुमेह रोगबाट राहत पाउन र ग्लुकोजको मात्रालाई कम गर्नमा मद्दत गर्छ । यसमा भिटामीन सी पाइन्छ । जुन छालाको लागि फाइदाजनक हुन्छ । भिटामीन सी ले छालामा भएको मृत तन्तुलाई निकाल्न र चाउरीपना, बुढ्यौलीपनाबाट पनि जोगाउँछ साथै छालालाई स्वस्थ बनाइ राख्दछ । यसमा पाइने फाइबरले शरीरमा भएका क्यान्सर कोषीकाहरुलाई रोक्नमा मद्दत पुर्याउँछ । पाचन प्रणालीलाई स्वस्थ राख्छ । यसमा पाइने पोटासियमले पाचन प्रणालीलाई स्वस्थ राख्न र उच्च रक्तचापलाई पनि नियन्त्रणमा राख्छ ।

जमराको जुसमा हुने फाइबरले पाचन प्रक्रिया सजिलो बनाउने भएकाले कब्जियत, पाइल्स, पेट ढुस्स हुने, वाकवाकी लाग्ने, आदि जस्ता समस्याहरुबाट मुक्ति दिन्छ । यसमा हुने भिटामीन, खनिज र फाइबरले शरीरलाई उचित पोषण प्रदान गर्छ । कलेजोको लागि पनि यो अत्यन्तै फाइदाजनक छ । विषादीको अत्यधिक सेवन हुने हुनाले हाम्रो कलेजो सबैभन्दा बढी मारमा पर्ने गर्दछ । आयुर्वेद विद्याले पनि जमराको जुस सेवनले कलेजोको कार्यप्रणालीमा सहयोग गर्ने र सुन्निन नदिने भएकाले कलेजोको लागि यसको प्रयोगमा जोड दिन्छ । यसले मस्तिष्कको कार्यशक्ति बढाउन र मानसिक तनाव र डिप्रेसनजस्ता समस्याबाट पनि उन्मुक्ति दिन्छ । यसको जुसले मधुमेहका बिरामीहरुको चिनीको मात्रा र ब्लड प्रेसर सन्तुलनमा राख्न, पिसाब नलीमा संक्रमण भएका, युरिक एसिड भएकाहरुका लागि यो झनै फाइदाजनक छ ।

जौ,गहँुको जुसमा ७० प्रतिशत क्लोरोफिल हुन्छ जसले रगत निर्माणमा सहयोग पु¥याउँछ ÷ प्रोटिनको मात्राले गर्दा हेमोग्लोविन निर्माण गर्दछ । यसमा भिटामिन A, B Complex, C, E ,K र १७ प्रकारका एमिनो एसिड पाइन्छन् जसले गर्दा प्रोटिनको निर्माण गर्दछन् र लिभरलाई शुद्ध पार्न मद्दत गर्दछ Blood Sugar को समस्या समाधान गर्दछ । जमरामा पाइने क्लोरोफिलले मुटुको कार्य, भ्यासक्यूलर प्रणाली, आन्द«ा र फोक्सोलाई फाइदा पु¥याउँछ् । ५ मिनेटसम्म दाँतमा राखेर कुल्ला गरेमा दाँतको समस्या समेत समाधान हुन्छ । रौ फुल्नबाट रोक्न पनि यसले सहयोग पु¥याउँदछ । पाचन प्रणालीलाई चुस्त दुरुस्त राख्न सघाउँछ । चाया फाल्नकोलागि पनि जुस प्रयोग गर्न सकिन्छ । यसका लागि जुस १५ मिनेट लगाई ढाकेर राख्ने र पछि सफा गर्नु पर्दछ । उच्च क्लोस्ट्रोलको मात्रालाई निरन्तर १० हप्तासम्म सेवन गर्दा क्लोस्ट्रोलको मात्र घटाउँछ । चोटपटक लाएको अवस्थामा समेत प्रोटिनको कारण सञ्चो हुन सघाउँछ । शरिरको तौल घटाउन सघाउँछ, झाडापखाला लागेको निको हुन्छ । जौको जुसले दमको रोगीलाई म्ल्ब् मजबुत पार्दछ । जौमा दुधमाभन्दा ११ गुणा बढी क्यालसीयम पाइन्छ जसले गर्दा हड्डीको क्यान्सर हुन दिदैन भने हड्डीलाई मजबुत बनाउँछ । रोगसँग लड्न सक्ने क्षमता बृद्धि गर्दछ र विभिन्न फ्लुहरु रोक्न सघाउँदछ ।

कसरी गर्छ जमराले काम ?
जमराको जुसले शरिरभित्र रहेका बिसाक्त पदार्थलाई शरिरमा अवशोषित हुन दिँदैन र पानीकोमात्राले जमेको बिसाक्त पदार्थलाई काट्ने गर्दछ । त्यसैले गर्दा जमराको जुस निकै चमत्कारीक हुने गर्दछ । हिन्दुधर्ममा प्रचलित यो जमरा अहिले पाश्चात्य देशहरूमा तिब्ररुपमा विस्तार र प्रचलित बन्दैछ किन कि वैज्ञानिकहरूले यसबारे शोध गरेपछि जुन तथ्य पत्ता लगाए र त्यो तथ्य सार्वजनिक भएपछि पाश्चात्य देशका वासिन्दाहरूको पनि हिन्दुधर्ममा प्रचलित यो जमरातर्फ चासो बढेको देखिन्छ । हाम्रो त यो पारम्परिक,ऐतिहासिक सस्कृति नै हो । वैज्ञानिकहरूको खोजपछि तिनीहरूले यसलाई ‘साइलेण्ट डाक्टर’ पनि भनेका छन् । हामीले प्राचीन कालदेखि सस्कृतिको रूपमा पुजागदै आएको जमरा साइलेण्ट डाक्टर पो रहेछ । यसमा चिनी र फयाट पनि कम हुन्छ । यसमा फयाट अनि सुगर नगण्य रूपमा हुनाले कोलेस्ट्रोलको एलडीएल स्तर, लिपिड्स र बाउल फँक्शन कम गर्दछ, त्यसैले यो मुटुको स्वास्थ्यमैत्रीे छ । त्यस्तै गरी यसले फोक्सोमा लेम जमेको, फोक्सो सुन्निएको अवस्थामा नियन्त्रणको निम्ति फलदायी हुन्छ । भिटामिन बी, भिटामिन ई र ए, नियासिन, रिबोफ्लाभिन, थियामिन र फोलेटहरू हुन्छ । त्यस्तै गरी खनिज तत्वहरूमा क्याल्सियम, म्याग्नेसियम, जिंक, सोडियम, फोस्फरस, पोटासियम, कप्पर, म्यागानिज र आइरन हुन्छ यसले शरीरको प्रतिरोधक क्षमता बढाउँछ । यी भिटामिन र मिनेरलहरूले इम्युन सिस्टम वा रोग प्रतिरोधक क्षमता अझ सशक्त , प्राकृतिक क्षमतावान बनाइदिन्छ र शरीरमा क्यान्सर विकासलाई नष्ट गर्दछ अथवा हाम्रो शरीरमा सजिलै क्यान्सर रोगको विकास हुन दिदैन । जमराको जुसले क्यान्सर हुने डर कम हुन्छ र क्यान्सर विकास हुने स्थितिलाई नियन्त्रण गर्दछ । त्यस्तै गरीे अल्सर र आन्द्राका रोगहरू निको पार्न र शारीरिक दुखाइ कम गर्न सहयोग पुग्दछ । महिलाहरुको मासिक श्राव नियमित गर्न, सुत्केरी पुर्व अवस्थामा यथा समयमा प्रसवको निम्ति औषधिकै काम गर्छ । यस बाहेक पिसाबनलीका समस्याहरूमा उपयोगी छ ।

ध्यान दिनुपर्ने अवस्था उमार्ने तरिका
जौ र गहुँलाई भिजाएर टुसा निस्केपछि ३ दिनपछि छर्दा राम्रो हुन्छ । खेती नगरेको यूरिया, डिएपी लगायतका राशायनिक (पदार्थ) मल प्रयोग नगरेको १० वर्षसम्म खेती नगरेको ठाउँको माटो ल्याउनु पर्दछ । जमरामा सफा पानीको प्रयोग गर्नुपर्दछ । जौ प्रेसर, सुगर, बढी भए कडा खाने धेरै तितो खाए मृगौलालाई असर पर्दछ । जुस बनाइसकेपछि यसलाई तुरुन्त सेवन गरिहाल्नुपर्छ । यो जुस सेवन गर्ने सबैभन्दा उपयुक्त समय भनेको बिहान खालि पेटमा हो । हरेक दिन बिहान खाली पेट ३० एम.एल भन्दा बढी नपिउने । गर्भवतीले गर्भको सुरु अवस्थामा र दुध पिलाउने आमाले प्रयोग नगर्ने । सर्जरी गरेका बिरामीले २ हप्ता प्रयोग गर्नु हुँदैन । सुगर भएका बिरामीले लामो समयसम्म सेवन गर्नु हुँदैन । कसैकसैलाई वान्ता हुने, खाना नरुच्ने र दिसा खलास नहुने समस्या पनि हुने हुँदा बढी पानी पिउने गर्नुपर्दछ । यसको प्रयोगबारे वैज्ञानिक अध्ययन भएपनि यसको डोजको बारेमा भने विस्तृत अध्ययन भएको पाइदैन मानिसको उमेर, रोगको प्रकृति, शरिरको तौल अनुसार यसको प्रयोग गर्नुपर्दछ । क्यान्सर, प्रेसर भएका बिरामीले अल्लीकडा बनाएर पिउनु पर्दछ भने सुगर र अन्य बिरामीले पातलो बनाएर पिउँदा राम्रो हुन्छ । जौ, गहुँको पिठो खानभन्दा जमराको पाउडर खान राम्रो हुन्छ भने पाउडर खानभन्दा ३ हप्ता भित्रको जमराको जुस खान अत्यन्त उपयोगी हुन्छ । पाउडर प्रयोग गर्नु पर्दा ३ देखि ६ ग्राम खाँदा राम्रो हुन्छ । पाउडर खाँदा सड्कने खोकी लाग्ने हुँदा पानीमा घोलेर खानुपर्दछ । कसैकसैलाई गहुँ, जौको, एलर्जी हुन सक्दछ यस्तो अवस्थामा प्रयोग गर्नु हुदैन । जुस बनाइसकेपछि यसलाई तुरुन्त सेवन गरिहाल्नुपर्छ । यो जुस सेवन गर्ने सबैभन्दा उपयुक्त समय भनेको बिहान खालि पेटमा हो । घरमा सजिलै बनाउन सकिने जमराको जुस दिनमा एक पटक सेवन गर्नु अनिबार्य छ ।

यसरी दोर्णका छोरा अश्वस्थमाको जस्तो आयू होस् जसको चन्द्रमा र सूर्य अस्तित्वमा रहेसम्म आयू रहन्छ । दशरथ राजामा जस्तो लक्ष्मीको वास होस् जसले भग्वान इन्द्रलाई पनि धन दौलत दिएका थिए । राघव ( राम )को जस्तो शत्रु नास गर्ने क्षमता÷शक्ति, नहुष राजाको जस्तो धन दौलत, सूर्यको जस्तो गति सूर्यको किरण÷हावाको जस्तै तेज , दूर्योधनको जस्तो मान मर्यादा, सूर्यका छोरा कर्णको जस्तो दान, दानी व्यवहार, भगवान श्री कृष्णका दाजू बलराम (हलदर)को जस्तो वल, शक्ति, कुन्तीका छोरा युधिस्थिर महाराजको जस्तो सत्य, सत्य वोल्ने बानी, विदुरका जस्तो ज्ञान, क्षमता, दक्षता, नारायण भगवान विष्णुको जस्तो कीर्ति रहोस् जसले ४ वेद १८ पुराण लेखेका थिए । यस्तो शक्ति क्षमता दुर्गामाताले दिउन भन्दै जमरा सहित टीका लगाइदिने प्रचलन रहेकोमा जमराको जुस बनाएर पिउदा बिभिन्न रोगबाट बच्न सकिन्छ । जमराको बारेमा थप खोज तथा अनुसन्धान गरी बहु–उपयोगी जमराको बारेमा व्यापक प्रचार–प्रसार हुनसके उपचार नपाएर रोगले आक्रान्त बनेकाहरूलाई राहत हुने देखिन्छ । घरमा सहज,सरल रुपमा उत्पादन र प्रयोग गर्न सकिने बहुगुणी जमराको उपयोगिताबारे स्थानीय स्तरमै सरकारी तवरबाट जनचेतनामूलक अभियान थाल्नुपर्ने आवश्यकता छ । समयमानै जमराको बहुऔषधीय गुणको बारेमा सचेत भई यसको सफल प्रयोग गर्न सकेमा बर्तमानमा मात्र नभई आउँदो पिँढीले समेत यसबाट प्रशस्त लाभ लिन सक्नेछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *