मुस्ताङमा बैंकका कर्मचारीलाई डेंगुसहित कोरोना संक्रमण पुष्टि

एसके थकाली,जोमसोम

हिमाल पारिको जिल्ला मुस्ताङमा कार्यरत बैंकका एक कर्मचारीलाई डेंगुसहित कोरोना संक्रमण पुष्ति भएको छ ।

जोमसोम स्थित साग्रिला डेभलमेन्ट बैंकमा कार्यरत एक पुरुष कर्मचारीमा डेंगुसहित कोरोना देखिएको जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङले जनाएको छ ।

पोखरामा स्वास्थ्य परीक्षण गर्दा डेंगुसहित कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङका प्रमुख टिकाराम भण्डारीले जानकारी दिए । उनका अनुसार, डेंगुसहित कोरोना पुष्टि भएका ती कर्मचारी मुस्ताङबाट दसैं अघि कात्तिक ३ गते घर गएका थिए ।

स्वास्थ्यमा केही समस्या देखिएपछि पोखरा बसपार्क स्थित सामुदायिक स्वास्थ्य केन्द्रमा उपचार गर्दा डेंगु पोजिटिभ देखिएको हो । त्यसपछि ती कर्मचारीको पश्चिामञ्चल क्षेत्रीय अस्पतालमा पीसीआर परीक्षण गर्दा कोरोना पुष्टि भएको जानकारी आएको स्वास्थ्य प्रमुख भण्डारीले जानकारी दिए ।

संक्रमित व्यक्ति स्वास्थ्य अवस्था सामान्य रहेको र अहिले सुरक्षित आइसोलेसनमा छन् । मुस्ताङमै कार्यरत रहेका बैंकका कर्मचारीलाई कोरोना पोजेटिभको रिपोर्ट आए पछि मुस्ताङमा कोरोना संक्रमणको जोखिम बढेको भन्दै सतर्कता अपनाउन स्वास्थ्य कार्यालयले सबैलाई आग्रह गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *