राजमोद्धारा तंग्राममा शुभकामना आदान-प्रदान

आदर्श अनलाइन,काठेखोला

राष्ट्रिय जनमोर्चा तंग्रामको आयोजनामा मंगलबार बिजयादशमी, दीपावली, छठ लगायतका पर्वका अवसरमा शुभकामना आदान प्रदान गरिएको छ ।

सो अवसरमा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश सांसद पियारी थापाले शुभकामना ब्यक्त गर्दै भावनासँग जोडिएका चाडपर्व मनाईरहदा देशको राष्ट्रियता कमजोर बन्दै गइरहेकोमा चिन्ता व्यक्त गर्नुभयो । राष्ट्रियता कमजोर बनिरहदा चाडपर्वमा मात्र रमाउन सकिँदैन, थापाले भन्नुभयो, राष्ट्रहित बिपरितको गतिविधि र परियोजनाले राष्ट्रियता झन् कमजोर बन्ने तर्फ सचेत रहदै राष्ट्रियताको आन्दोलनलाई सशक्त बनाउन आव्हान गर्नुभयो ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चा बागलुङका अध्यक्ष अमर थापा,अखिल नेपाल युवक संघका केन्द्रीय पुर्वअध्यक्ष तथा राष्ट्रिय जनमोर्चा राष्ट्रिय परिषद् सदस्य तिलक थापा, अखिल नेपाल बुद्धिजीवी संघका केन्द्रीय सदस्य कमला थापा, रक्तिम सांस्कृतिक परिवारका केन्द्रीय सचिव हेमराज पुन, राष्ट्रिय जनमोर्चा बागलुङका सदस्य तथा काठेखोला गाउँ समितिका अध्यक्ष लक्षमण पुन, जातीय समता समाज बागलुङका सचिव तथा काठेखोला गाउँ कार्यपालिका सदस्य टिका संगम बिक, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) तंग्रामका संयोजक रनबहादुर थापा, अखिल नेपाल भुतपुर्व सैनिक संघ बागलुङका सचिव थिरबहादुर राना, रा।ज।मो। तंग्रामका सदस्य थम्मन पुन, बुद्धिजीवीको तर्फबाट तुलेन्द्र पुन, शिक्षकहरुको तर्फबाट सरोज थापाले शुभकामना मन्तव्य दिनु भएको थियो । कार्यक्रममा अखिल नेपाल जनजाति सम्मेलन बागलुङका उपाध्यक्ष ओम पुन,अखिल नेपाल युवक संघ बागलुङका सदस्य प्रदिप पुन, अखिल नेपाल किसान संघ बागलुङका सदस्य दिलबहादुर पुन, शिक्षक धनसाद पुन लगायतले शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रम वडा समिति तंग्रामका अध्यक्ष बिष्णु कँडेलको अध्यक्षता, भिम बिकको सञ्चालन र वडा सचिव ससबहादुर बिकको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो ।

यसैबीच, गत कात्तिक ३ गते भएको भेलाले भीम बिकको अध्यक्षतामा १५ सदस्यीय जातीय समता समाज वडा समिति तंग्रामको नयाँ समिति चयन गरेको छ । जसको उपाध्यक्ष लाल बहादुर किसान, सचिव शर बहादुर परियार, सहसचिव दिलमाया किसान, कोषाध्यक्ष सीता किसान सदस्यहरुमा लोकेन्द्र बिक मनु बिक, श्यामलाल बिक, तारा बिक, झक्कले बिक, मनिलाल बिक, तिखाराम किसान, जरसिह बिक, गंगाराज बिक र टिकामाया बिक रहनु भएको छ । ५ सदस्यीय सल्लाहकारमा टिकासंगम बिक, सस बहादुर बिक, जितबहादुर सुनार र दुर्गा बिक रहनु भएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *