पर्वतको जलजलामा एक घर-एक पीसीआर परीक्षण अभियान

आदर्श अनलाइन, जलजला

पर्वतको जलजला गाउँपालिकामा कोरोना संक्रमितको दर बढ्न थालेपछि समुदायस्तरमा परीक्षण सुरु गरिएको छ ।

कोरोना संक्रमितको पहिचान सँगै उनीहरुको कन्ट्याक्ट ट्रेसिङमा परेकाहरुमा धमाधम कोरोना पुष्टि हुन थालेपछि गाउँपालिकाले मंगलबारदेखि ‘एक घर–एक पीसीआर जाँच’ अभियान थालेको हो ।

गाउँपालिका अध्यक्ष यामबहादुर मल्लले पालिका भित्रका सबैलाई परीक्षण गराएर सुरक्षित हुन आग्रह गर्नुभएको छ । अध्यक्ष मल्ल आफै समेत केही समय अघि कोरोनाबाट संक्रमित बन्न पुगेका थिए ।

मंगलबार बिहान १० बजे मिलनचोकबाट स्वास्थ्यकर्मीको टोलीले समुदायस्तरमा स्वाब संकलन थालेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले जानकारी दिए । हरेक घरमा एक जनाको स्बाब संकलन गरिए पनि कोरोना संक्रमितको परिवारका भने सबैको संकलन गरिने भएको छ । यसअघि गाउँपालिकाका करीब पाँच सय जनाको पीसीआर परीक्षण गरिसकिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *