पर्वतको डिमुवामा औषधी पसलेकाे शव सडेकाे अवस्थामा फेला

आदर्श अनलाइन, पर्वत
पर्वतको डिमुवामा औषधी पसल गर्ने ३० वर्षे चेतन भन्ने चन्द्रबहादुर खत्री मृतावस्थामा भेटिएका छन् ।

डिमुवामा चेतन मेडिकल हल सञ्चालन गर्दै आएका उनी सुर्खेतको चौकुने गाउँपालिका ५ का स्थायी बासिन्दा हुन् ।

प्रदेश प्रहरी कार्यालय पोखराका अनुसार उनको शव आफ्नै डेरामा सडेको अवस्थामा फेला परेको हो । लामो समयदेखि ढोका खुलेको नदेखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

उनको के कारणले कहिले मृत्यु भएको हो भन्ने बारेमा अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय गण्डकीका डिएसपी राजेन्द्रबाबु रेग्मीले जानकारी दिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *