आदर्श अनलाइन, बागलुङ
गण्डकी प्रदेशमा आज बिहान ९८ संक्रमित थपिएका छन् ।
प्रदेशका ७ जिल्लामा ९८ संक्रमित थपिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
थपिनेमा कास्कीका ६० जना छन् । नवलपरासीमा २२, तनहुँमा ८, स्याङ्जामा ३, गोरखा, लमजुङमा २/२ र पर्वतमा १ संक्रमित थपिएका छन् ।
गण्डकीमा यससँगै कुल कोरोना संक्रमितको संख्या ७ हजार १ सय ४५ पुगेको छ । तीमध्ये ४ हजार ६६ जना निको भएका छन् भने ७३ जनाको ज्यान गएको छ ।