डेढ महिनामा एक सय नौं फरार प्रतिवादी पक्राउ


–आदर्श अनलाइन, बागलुङ

जिल्ल्ला प्रहरी कार्यालय बागलुङले पछिल्लो डेढ महिना अवधीमा १०९ जना फरार प्रतिवादी पक्राउ गरेको छ । पछिल्लो समय बागलुङ प्रहरीको सक्रियता संगै फरार अभियुक्त पक्राउ, घरेलु मदिरा नष्ट र गाँजा फडानीले तिव्रता समेत पाएको छ ।

जिल्ला अदालत बागलुङबाट मुद्दा फैसला सुनाई कार्यान्वयन हुन १०९ फरार प्रतिवादीहरुलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि जिल्ला अदालत बागलुङमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय बगालुङका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक राजेन्द्र रेग्मीले जानकारी दिनुभयो ।

प्रहरीले विभिन्न समयमा सार्वजनिक मुद्दापरी फैसला कार्यान्वयन हुँन बाँकी रहेका प्रतिवादीलाई पक्राउ धमाधम पक्रने क्रम जारी रहेको जनाएको छ । यस्तै प्रहरीले आजमात्रै २०७२ माघ १० गते सार्वजनिक अपरा मुद्दामा जिल्ला अदालतबाट रु.६०० जरिवाना भुक्तानी गर्न बाँकी रहेका बागलुङ नगरपािलका–४ का २७ वर्षिय कृष्ण किसानलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी नायव उपरिक्षक राजेन्द्र रेग्मीका अनुसार सबै पक्राउ पर्ने १०९ जना फरार प्रतिवादी मध्ये सबैभन्दा थोररै रु.१०० जरिवाना देखि ५५ लाख जरिवाना सम्मका अभियुक्त रहेका छन् भने ७ दिन देखि २० वर्ष कैद भुक्तान गर्न बाँकी रहेका प्रतिवादी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय संग झण्डै ४०० फरार प्रतिवादी को सूची रहेको छ । प्रहरीले सबै फरार प्रतिवादीलाई पक्राउ गर्ने लक्ष्य लिएको छ । प्रहरीले पछिल्लो एक महिनामा मात्रै ५० हजार भन्दा बढी गाँजाका बोट नष्ट र १५ हजार लिटर भन्दा बढी अबैध घरेलु मदिरा नष्ट गरेको छ । अदालतबाट मुद्दा फैसला भई कार्यान्वयन गर्न बाँकी रहेर फरार सूचीमा रहेकालाई प्रहरीले सुराकीका आधारमा घर अथवा सम्र्पकमा रहेको क्षेत्रबाट पक्रदै आएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *