म्याग्दीमा जीप दुर्घटना, एकको मृत्यु, ५ गम्भीर घाईते

आदर्श अनलाइन, बागलुङ
म्याग्दीमा जीप दुर्घटनामा हुँदा एकजना महिलाको मृत्यु भएको छ भने ५ जना गम्भीर घाईते भएका छन् ।

रगुगङ्गा गाउँपालिकाको ठाडाखानीदेखि बेनी बजार आउँदै गरेको ध १ ज ८९६ नं. को जीप गलेश्वर सडक खण्डमा शुक्रबार दिउसो दुर्घटना भएको हो ।

दुर्घटनामा जीपमा सवार एक जनाको घट्नास्थलमा मृत्यु भएको र ५ जना गम्भीर घाईते भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

घाईतेको जिल्ला अस्पताल म्याग्दीमा उपचार भइरहेको छ । जीप सडकबाट खसी कालीगण्डकी नदीको किनारामा पुगेको थियो । जीपमा सवार ७ जनामध्ये एक जना सामान्य घाइते छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *