गण्डकी प्रदेशभर १ सय ८८ संक्रमित थपिए

आदर्श अनलाइन, बागलुङ

गण्डकी प्रदेशमा आइतबार बिहान १ सय ८८ संक्रमित थपिएका छन् ।

प्रदेशका ९ जिल्लामा १ सय ८८ संक्रमित थपिएको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

थपिनेमध्ये कास्कीका १ सय २ संक्रमित छन् ।

नवलपरासीमा ३१, तनहुँमा २१, गोरखा, लमजुङमा ११÷११, स्याङ्जामा ६, बागलुङमा ३, पर्वतमा २ र म्याग्दीमा १ संक्रमित थपिएका छन् ।

गण्डकीमा कुल कोरोना संक्रमितको संख्या ७ हजार ५ सय ४ पुगेको छ । तीमध्ये ४ हजार २ सय २१ जना निको भएका छन् भने ७९ जनाको मृत्यु भएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *