दसैं पछि गाउँको संशय

सम्पादकीय नेपालीहरुको महान पर्व बडादसैं कोरोना कहरबीच मनाइयो । विगतका वर्षहरुमा जस्तो न कुनै चहल पहल देखियो, न गाउँ घरमा रौनकता । न परम्परागत लिंगे र रोटे पिङहरु देखियो, न चमच्चाहरु । दसंैका बेला देखिने सुनसान जस्तै देखिए यसपाली गाउँ घरहरु पनि । अरु बेला त गाउँ घर सुनसान जस्ता नै देखिन्थे । कारण, युवाहरु परदेश भासिने प्रचलनले तन्नेरी पुस्ता देख्न मुश्किल पथ्र्यो । गाउँ थामेका हुन्छन् बुढेसकाल लागेका बाआमाहरुले । उसो त यसपाली गाउँघरहरुले लाहुरेहरुलाई स्वागत गरेनन् । बरु सके सम्म निषेध गर्ने परिस्थिति र मनस्थितिमा बसे गाउँलेहरु । कोरोनाको तिव्र संक्रमण जोखिमको भयावह बीच आएकाहरु पनि आफ्नै घरहरुमा सिमित बन्नुप¥यो । यसकारण दसैं उल्लासमय रहेनन् ।

यसपटक सरकारले सम्भवतः पहिलो पटक होला बडादसैं जो–जो जहाँ–जहाँ छौ, त्यहीँ त्यहीँ बसेर मनाऔ भनेर निर्देश ग¥यो । यसका बाबजुद पनि नेपालीका लागि यो पर्व बिशेष र महत्वपूर्ण थियो नै । ऐतिहासिक परम्परा, साँस्कृतिक, सामाजिक हिसावले मात्रै होइन, पारिवारिक हिसावले पनि पुर्नमिलनको उपर्युक्त अवसर पनि हुन्छ । कारण बिभिन्न बाध्यता, विवशता, परिवन्दका कारण देश भित्रै बिभिन्न शहरमा जागिर, पेशा, व्यवसाय गर्नेहरु या विदेशबाट दसैंको बाहनामा गाउँ घर आउनेहरुका लागि यो स्वर्णिम अवसर हो । बिडम्बना कोरोना भाइरस (कोभिड १९) कारण यसपटक हजारौ परदेशी नेपालीको सपना र मनमा पनि ठुलो चोट पु¥याएको छ । यी र यस्ता अहिलेको यावत जटिलता र चूनौतीका बीच कैयन नागरिक आफ्नो घर गाउँ आए, दसैं पनि मनाए । तर, दसै मनाउन शहर र परदेशबाट आएकाहरुबाट एक पटक गाउँघर त्राहिमाम बन्न थालेको छ ।

दसैंमा आफु पनि जोगिने र अरुलाई पनि जोगाउने जरुरी काम र सन्देश व्यापक थियो । दसैंमा आफ्ना परिवारका अभिभावक या गाउँघरमा कोरोना कोसेली नबनोस् या कोरोना संक्रमण फैलिनुको कारण तपाई नबन्नुस् भन्नेमा धेरैको सुझाव र जोड थियो । यसका बाबजुद पनि कतिपय मानिसहरुले चरम बेवास्ता, खेलवाड र लापरवाही गरे । यसको एक उदाहरण बागलुङ जिल्लाको काठेखोला गाउँपालिका वडा नम्बर ३ धम्जामा देखियो । भारतबाट आएका युवामा कोरोना संक्रमण पुष्टि भयो । ती युवक एक साता अघि भारतबाट सदरमुकाम बागलुङ बजार आएका थिए । बजार आएर होम क्वारेन्टिन बसेर केही दिन अघि मात्रै पीसीआर परीक्षणका लागि स्वाब दिएका थिए । तर, स्वाबको पीसीआर रिपोर्ट नआउँदै वडा कार्यालयलाई कुनै जानकारी नदिई घर आए । गाउँ घर मात्रै आएनन्, उनले स्वाब दिए पछि कुनै लक्षण नभएकाले गाउँघरमा परिवारका साथ दसैंको तयारी र साथीसंगी सँग गाउँघरका खेलकुद लगायतका बिभिन्न कार्यक्रममा पनि सहभागी भए । अन्ततः दसैंकै दिन उनमा कोरोना पुष्टिको सूचना पछि सिंगो गाउँ र जिल्लानै तरंगित बन्न पुग्यो । यो घटना पछि काठेखोला गाउँपालिका वडा नम्बर ३ धम्जाले पाँच दिनका लागि गाउँ शील गरेको छ । यो प्रतिनिधि घटना हो । यी र यस्ता घटना र जोखिम धेरै गाउँमा देखिएको छ । अतः दसैं पछिका दिन पनि कोरोनाका कारण अझ बढी जोखिममा छन् । यसमा हामी सबै सचेत, संवेदनशिल र जिम्मेवार बनौ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *