गण्डकीमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु

आदर्श अनलाइन, बागलुङ
कास्कीमा कोरोना संक्रमणबाट थप एक पुरुषको मृत्यु भएको छ ।

पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको कोभिड उपचार केन्द्रको सघन उपचार कक्षमा उपचाररत कास्कीको अन्नपुर्ण गाउँपालिका ३ का ४७ वर्षीय संक्रमित पुरुषको शनिबार मृत्यु भएको हो ।

कार्तिक ४ गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका पुरुषको गएराति ११ :३०  बजे मृत्यु भएको प्रतिष्ठानका निर्देशक सहप्रा. डा. अर्जुन आचार्यले जानकारी दिनुभयो ।

यस संगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७९ पुगेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *