बागलुङ उद्योग वाणिज्य संघद्वारा श्रद्धाञ्जली सभा

आदर्श अनलाइन, बागलुङ
बागलुङ उद्योग वाणिज्य संघले श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ ।

संघका पूर्व अध्यक्ष रामनारायण श्रेष्ठको असोज २९ गते मृत्यु भएको थियो । श्रद्धाञ्जली सभामा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य निर्माणकुमार श्रेष्ठले बागलुङ उद्योग वाणिज्य संघमा स्वर्गीय श्रेष्ठले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।

उहाँले स्वर्गीय श्रेष्ठले व्यवसायीक क्षेत्रसँगै समाजिक क्षेत्रमा समेत ठूलो योगदान पु¥याएको भन्दै उहाँको योगदान अतुलनीय रहेको बताउनुभयो ।

संघका अध्यक्ष युवाराज राजभण्डारीले स्वर्गीय श्रेष्ठले लामो समयसम्म व्यवसायीहरुको पक्षमा काम गर्दै आएको र थुप्रै सामाजिक संस्थाहरुमा समेत आवद्ध भएर काम गरेको बताउनुभयो ।

संघका पूर्ण अध्यक्ष श्याम श्रेष्ठले उनको जीवनीमाथि प्रकाश पारेका थिए । सो अवसरमा स्वर्गीय श्रेष्ठका जयप्रकाश श्रेष्ठले बाबाको सम्झनामा २ लाख बराबरको रामनारायणन श्रेष्ठ स्मृति कोष स्थापना गर्ने बताउनुभयो ।

स्वर्गीय श्रेष्ठले २०३८ देखि २०४२ सम्म अध्यक्ष बागलुङ उद्योग वाणिज्य संघको अध्यक्ष भएर काम गर्नु भएको थियो । उहाँ २ कार्यकाल नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा रहेर काम गर्नु भएको थियो ।

श्रद्धाञ्जली सभामा संस्थाका सल्लाहकारी देवबहादुर श्रेष्ठ, वरिस्ठ उपाध्यक्ष उमकान्त शर्मा बाबु लगायतले मनतव्य राख्नुभएको थियो । कार्यक्रमको संचालन संघका महासचिव नरेश कँडेलले गर्नु भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *