बागलुङ बजार एक हप्ताका लागि लकडाउन

आदर्श अनलाइन, बागलुङ
बागलुङ बजारमा एक हप्ता लकडाउन हुने भएको छ । प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेको अध्यक्षतामा बसेको सर्वपक्षिय बैठकले सोमबार रातीदेखि कार्तिक २४ गते रातीसम्म लकडाउन गर्ने निर्णय गरेको छ ।

बागलुङ उद्योग बाणिज्य संघले आइतबार अनुरोध गरेपछि बागलुङ नगरपालिकाले पनि प्रशासनमा बन्दबन्दी गराउन सिफारिस गरेको थियो ।

सोही अनुसार अनुसार बानपा वडा नं. १, २, ३ र ४ को क्षेत्रमा लकडाउन गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालयका प्रसाशकीय अधिकृत धिरेन्द्रराज पन्तले बताउनुभयो ।

बन्दाबन्दी अवधीमा अत्यावश्यक बाहेकका व्यवसाय, पसल, शैक्षिक संस्था, सवारी साधन समेत बन्द गराउने निर्णय भएको पन्तले बताए ।

प्रेस पास भएका सवारी र एम्बुलेन्स, औषधिजन्य वस्तुको ढुवानी, अत्यावश्यक सामग्री दूध र फलफूलका गाडी भने संचालन हुने छन् । दैनिक उपभोग्य बस्तु खरिदका लागि बिहान ७ देखि ९ बजेको समय सिमा तोकिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *