कोरोना नियन्त्रणमा नागरिकको भूमिका र चिसो मौसममा ध्यान दिनुपर्ने कुराहरु

यमन नेपाली
स्वास्थ्यकर्मी
दर्बाङ प्राथमिक स्वास्थ्य केन्द्र, म्याग्दी

स्वस्थ भएर बाँच्न पाउनु विश्व मानव जातिको नैसर्गिक अधिकार हो । विश्व महामारी रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड–१९ रोकथाम तथा व्यवस्थापनको लागि नेपालले पनि आफ्नो कदम चालिरहेको छ । प्रत्येक नागरिकलाइ गुणस्तरीय स्वास्थ सेवा सहज र सर्भसुलभ रुपमा प्राप्त गर्ने अधिकार हुन्छ भने विभिन्न स्वास्थ्य सम्बन्धी कार्यक्रमहरुमा समावेस हुनु प्रत्येक नागरिकको कर्तब्य हुन्छ एकतर्फी ब्यबस्थापनबाट मात्रै संक्रमण रोकथाम सम्भव रहदैन यसर्थ रोग लागेर उपचार गर्नु भन्दा रोग लाग्नै नदिनु नै सरल उपाय रहेकोले कोभिड–१९ को महासङ्कतमा सबै नागरिकको भुमिका गहन रहन्छ ।

गत असोज १ गतेदेखि लामो दुरीका सवारी साधान संचालनमा आएसँगै धेरैको सोचाइमा लकडाउन खुल्यो कोरोना संक्रमणको जोखिम कम भएछ भन्ने भान भयो । ब्यक्तिगत सुरक्षाको उपायहरुलाई बेवास्ता गरिदै आएको छ । एक ठाउबाट आर्को ठाउँ आवत–जावत बढिरहेको छ । कोरोना संक्रमणलाई सामान्य रुपमा लिराखेको छ । जतिनै सुरक्षित बसे पनि एक पटक लागेरै छाड्छ भन्नेसम्मको जनभाव पनि सुनिन्छ । तर आज संक्रमण भएर भोलि हुन नसक्ने भन्ने हुदैन जति खेर पनि संक्रमणको जोखिम हुन्छ ।

कोरोना सङ्क्रमणलाई सामान्य रुपमा किन लिनु हुदैन
हाम्रो शरिरमा रोगहरुको बिरुद्ध लडने रोगप्रतिरोधात्मक क्षमता Immunity Power हुन्छ , कोरोना भाइरस नया भाइरस भएकोले सबै ब्यक्तिको रोगप्रतिरोधात्मक क्षमता ले यो भाइरसलाई जित्न सक्छ भन्ने हुदैन । जसको रोग प्रतिरोधात्मक क्षमता कम्जोर हुन्छ उनीहरुलाइ सामान्य लक्षण देखिनेदेखि सिघ्र गम्भीर प्रकारको स्वास्प्रस्वाशमा कठिनाइ (भेन्टिलेटररआइ.सि.यु.को आवश्यकता पर्ने) आउन सक्छ ।

सबैमा लक्षण नदेखीने, बालबालिका तथा बृद्धहरुमा रोगप्रतिरोधात्मक क्षमता कम्जोर हुने र सङक्रणको जोखिम उच्च हुने भएकोले सजकता अपनाउन जरुरि छ । कोरोना सङ्क्रमण निको भएपछी नया सङ्क्रमन हुन सक्ने कुरा लाई पनि मनन गरेर साब्धानी अपनाउनु पर्दछ। सन २००२ तिर विश्व महामरिको रुपमा फैलिएको सार्स क्ब्च्क् भाइरस को सङ्क्रमण पछि अध्यनमा सामान्य अबस्थामा पनि धेरै थकाइ लाग्ने जस्ता जतिलता Complication देखिएकोले यो भाइरसको पनि यस्तै थुप्रै जतिलता आउन सक्ने बिज्ञहरुको अनुमान छ ।

चिसो मौसममा हावा धेरै चल्ने, धुलो उड्ने, आगोको धुवा र धेरै जना एक ठाउँमा जम्मा भएर बस्ने भएकोले स्वासप्रस्वाशको समस्या सजिलै आउन सक्ने हुन्छ । साथै यी यस्ता क्रियाकलापहरुले कोरोना सङ्क्रमणको जोखिम हुनुको साथै जतिल अबस्थामा पुर्याउन मदत गरिरहेको हुन्छ । धुम्रपान तथा मध्यपानजन्य बस्तुहरुको सेवनले रोग प्रतिरोधात्मक क्षमतालाइ कम्जोर पार्दछ ।

चिसो मौसममा कोरोना संक्रमणको जोखिमबाट बच्न के गर्ने
१. जथाभावी बाहिर ननिस्कने ,
२.माक्सको अनिवार्य प्रयोग गर्ने
३. बाहिराबाट आउने बित्तिकै साबुन मनतातो पानीले हात धुने
४. सामाजिक दुरी कायम गर्ने
५. स्यानिटाइजरको प्रयोग
६. तातो सुप झोलिलो खाने कुरा प्रशस्त खाने
७. लामो समय खालीपेट भोकै बस्दा रोग प्रतिरोधात्मक क्षमता कम्जोर हुन सक्ने भएकोले थोरै थोरै तर धेरै पटक खानेकुरा खाइराख्ने गर्नु पर्दछ ।
८.भिटामिन सि ले रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने भएकोले अमिलो फलफुलको जस्तैः कागती, अमला सेवन गर्ने । चिसो र स्वासप्रस्वासको समस्या बढाउन सक्ने जस्तो लागेमा मनतातो पानीमा दुवाएर सेवन गर्न सकिन्छ ।
९. स्वास्थ्य संस्थामा नै संक्रमणको सबैभन्दा उच्च जोखिम हुने भएकोले स्वास्थ्यमा समस्या आउन नदिन सरसफाइ र खानपानमा ख्याल राख्ने र आफै स्वास्थ्य संस्था आउन सक्ने बिरामीको लागि धेरै जना कुरुवा नआउने ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *