कोरोना संक्रमणबाट बागलुङमा थप एक पुरुषको मृत्यु

आर्दश अनलाइन, बागलुङ
कोरोना संक्रमणबाट बागलुङमा थप एक पुरुषको मृत्यु भएको छ ।

बागलुङ नगरपालिका वडा नम्बर ३ का ६१ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।

उपचारको क्रममा उनीमा कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *