बागलुङमा ‘कोरोना महामारी हाम्रो जिम्मेवारी’ सपथ अभियान शुरु


–आदर्श अनलाइन, बागलुङ

बागलुङमा कोरोना नियन्त्रण प्रभावकारी बनाउन ‘कोरोना महामारी, मेरो जिम्मेवारी’ सपथ खुवाउने अभियान थालिएको छ ।

जिल्ला प्रशासन कार्यालयमा मंगलबार आयोजित कार्यक्रममा कोरोनासँग जुध्न प्रत्येक व्यक्तिको योगदान महत्वपूर्ण हुने भन्दै कर्मचारीहरुलाई ‘कोरोना महामारी, मेरो जिम्मेवारी’ शीर्षक अन्तर्गत ६ बुँदाको शपथ खुवाइएर अभियानको शुरुवात गरिएको छ । उक्त अभियान आ–आफ्नो निकाय, वडा स्तर, संघ संस्था, कार्यालय स्तरमा एक हप्ता सम्म सन्चालन गर्ने, बजार टोल क्षेत्रमा माइकिङ गर्ने, पत्रपत्रिका, रेडियो र पम्लेटबाट व्यापक प्रचार प्रचार गरी कोरोना नियन्त्रणमा सचेतना फैलाउने प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी दिनुभयो ।

रोगबाट बच्ने उपाय अवलम्बन गर्न र प्रत्येक नागरिकहरुलाई जिम्मेवारी बोध गराउने गरी सपथ खुवाउने अभियानलाई शुरु गरिएको हो । जिल्ला स्तरमा प्रमुख जिल्ला अधिकारी, स्थानीय स्तरमा स्थानीय तहका प्रमुखको नेतृत्वमा स्वास्थ्य कार्यालय बागलुङले तयार पारेको छ बुँदै सपथ नाराले कोरोना भाइरस नियन्त्रणमा सहयोग पुग्ने स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिनुभयो ।

“हामीले छ बुँदामा तयार पारेको सपथ खुवाउने अभियान मंगलबार प्रशासनका कर्मचारीहरुबाट शुरुवात गरेका छौं” प्रजिअ न्यौपानेले भन्नुभयो “सातदिने अभियानमा वडा स्तरसम्मै सपथ खुवाउने कार्यक्रम गरिने छ ।”

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको कात्तिक १७ गतेको निर्णयअनुसार शपथ खुवाउने अभियान थालिएको हो । जिल्लामा कोरोना रोकथाम र नियन्त्रणलाई प्रभावकारी बनाउन अभियान सुरु गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । बुधबार जिल्लास्थित सम्पूर्ण कार्यालयका प्रमुखहरुलाई शपथ खुुवाउने कार्याक्रम रहेको छ ।

कोरोना महामारी हाम्रो जिम्मेवारी सपथका बुँदाहरु
–म कोरोना भाइरसबाट बच्छु,
–यदी आफूलाई लागेमा अरुलाई सर्नबाट जोगाउँछु,
–यस्को लागि म जो कोही संग भेट्दा माक्स लगाउछु,
–जो कोहीबाट दुई मिटर भन्दा पर बस्छु नजिक जानुपरे १० मिनेट मात्रै बस्दछु,
–साथै केही नयाँ चिज छुनु परेमामा साबुन पानीले हात हुँने गर्दछु, र ज्वरो आएमा,
–खोकी लागेमा, स्वास फेर्न गाह्रो भएमा, स्ला थाहा नपाएमा, वान्ता भएमा, झाडापखला भएमा तुरुन्तै स्वास्थ्यकर्मी संग सम्पर्क राख्नेछु भन्ने छ बुँदामा सपथ खुवाइनेछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *