प्रेस संगठन कास्कीका संयोजक बराललाई संक्रमण

दर्श अनलाईन, पोखरा ।

प्रेस संगठन कास्कीका संयोजक माधव बराललाई कोरोना भाइरस(कोभिड–१९)संक्रमण पुष्टि भएको छ ।

संयोजक बरालले आफू कन्ट्याक्ट ट्रेसिङमा परेर स्वाब दिएको र आज कोरोना संक्रमण नतिजा पोजिटिभ आएको बताउनुभयो ।

पोखरा महानगर प्रमुख मानबहादुर जिसीका प्रेस संयोजक समेत रहनुभएका बराल पोखरामा दुर्ई दशकअघिदेखी पत्रकारिता पेशामा आवद्ध हुनुहुन्छ ।

संयोजक बरालले संक्रमण पुष्टि भएपनि आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको बताउनुभएको छ । आफू होम आइसोलेशनमा बस्ने बरालले जानकारी दिनुभयो ।

हिजो मात्र प्रेस संगठन कास्कीका जिल्ला नेता घनश्याम पाण्डेलाई संक्रमण पुष्टि भएको थियो । उहाँ हाल होम आइसोलेशनमा रहनुभएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *