कोरोनाको लक्षण देखिएर धौलागिरी अस्पतालमा आएका पुरुषको मृत्यु


आदर्श अनलाईन, बागलुङ

बागलुङमा कोरोना लक्षण सहित धौलागिरी अस्पताल आएका एक पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । उहाँको आजै कोरोना परिक्षणका लागि स्वाब संकलन गरिएको थियो ।

स्वासप्रस्वास, उच्च ज्वरो आएपछि आज अस्पताल आएर सघन उपचार कक्षमा उपचार गराउन थालिएका बागलुङ नगरपालिका–२ का ८१ बर्षिय पुरुषको अस्पतालमै मृत्यु भएको धौलागिरी अस्पताल बागलुङका मेडिकल सुपरीटेण्डेन्ट डा. शैलेन्द्र बी पोखरेलले जानकारी दिनुभयो ।
“निकै जटिल अस्बस्था पछि उहाँ अस्पताल आउनुभयो” डा. पोखरेलले भन्नुभयो “उहाँसंग कोरोनाको लक्षण समेत देखिएकाले रिपोर्ट नआउन्जेल शवलाई मर्चरी च्याम्वरमा राखिएको छ ।”

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *