बागलुङमा लागुऔषध मुद्धाका फरार प्रतिवादी पक्राउ

फाइल तस्बिर

आदर्श अनलाइन,बागलुङ

जिल्ला प्रहरी कार्यालय बागलुङले लागुऔषध मुद्धाका एक फरार प्रतिवादीलाई बिहिवार पक्राउ गरेको छ ।

लागु औषध मुद्धामा अदालतले सजायको फैसला सुनाए पछि फरार रहेका बागलुङ नगरपालिका वडा नम्बर ९ तित्याङका ३१ वर्षिय राजिन खड्कालाई ८ वर्ष पछि पक्राउ गरेको हो ।

२०६९ साल भाद्र २९ गते १ वर्ष ९ महिना २० दिन कैद र १ लाख जरिवानाको जिल्ला अदालतले फैसला गरेको थियो । फैसला लगत्तै फरार रहेका खड्कालाई घरमै लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक राजेन्द्र रेग्मीले जानकारी दिनुभयो । पक्राउ गरिएका खड्कालाई बिहिवारनै प्रहरीले जिल्ला अदालतमा दाखिला गराएको छ ।

पछिल्लो केही महिना यता फरार प्रतिवादी पक्राउ गर्ने अभियानलाई तिव्र बनाएको प्रहरीले हाल सम्म १ सय २९ जना फरार प्रतिवादी पक्राउ गरिसकेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *