उद्योग बाणिज्य महासंघको केन्द्रीय सदस्यमा गण्डकीबाट बागलुङका श्रेष्ठको उम्मेदवारी

आदर्श अनलाइन,बागलुङ

बागलुङका युवा व्यवसायी निर्माणकुमार श्रेष्ठले ‘बासु’ले नेपाल उद्योग बाणिज्य महासंघको ५४ औं महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी घोषणा गर्नुभएको छ ।

अहिले पनि केन्द्रीय सदस्य रहनुभएका श्रेष्ठले आगामी कार्यकालका लागि गण्डकी प्रदेशका तर्फबाट उम्मेदवारी दिने घोषणा गर्नुभएको हो ।

दुई कार्यकाल नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्य भइसक्नुभएका श्रेष्ठ यसपटक वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेदवार चन्द्र ढकालको प्यानलबाट उम्मेदवार बन्नुभएको हो ।नेपाल उद्योग बाणिज्य महासंघको निर्वाचन आगामी मंसिर ११ देखि १३ गतेसम्म काठमाण्डौंमा हुँदैछ ।

बागलुङ उद्योग वाणिज्य संघले आयोजना गरेको कार्यक्रममा श्रेष्ठले व्यवसायीको हितका लागि आँफुले गण्डकी प्रदेशबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेकाले महाधिवेशनमा सहभागी उद्योगी व्यवसायीलाई अमुल्य मत प्रदान गर्न आग्रह गर्नुभयो । आफुले यसअघिको जिम्मेवारी रहँदा पनि उद्योगी व्यवसायीको हकहितमा पूर्ण रुपमा समर्पित भएर इमान्दारपूर्वक काम गर्ने प्रयत्न गरेकाले अहिले पनि जित निश्चित रहेको बताउनुभयो ।

बागलुङ उद्योग बाणिज्य संघले युवा व्यवसायी श्रेष्ठलाई निर्वाचनमा विजयी गराउन अध्यक्ष युवराज राजभण्डारीको संयोजकत्वमा चुनाव प्रचार प्रसार समिति समेत गठन गरेको छ । श्रेष्ठलाई विजयी गराउन गण्डकी प्रदेशमा प्रचार प्रसारको लागि विभिन्न कार्यक्रम तय भएको अध्यक्ष राजभण्डारीले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *