चार महिना पछि खरिद प्रक्रियामा धौलागिरी अस्पतालको पीसीआर मेशिन

खेमराज गौतम, बागलुङ

धौलागिरी अस्पताल बागलुङमा पीसीआर परीक्षण प्रयोगशाला स्थापना गर्ने सरकारको निर्णय भएको चार महिनापछि कार्यान्वयनमा आउन थालेको छ ।

धौलागिरी अस्पतालमा पीसीआर प्रयोगशाला स्थापना गरी बागलुङमै कोरोना परिक्षण गर्ने गरी सरकारले गत असार १२ गते निर्णय गएको थियो । निर्णय भएपनि बजेट नआउँदा पीसीआर मेशिन खरिद गर्न सकिएको थिएन ।

नेपाल सरकारले अस्पताललाई दुई महिना अघि पीसीआर मेशिन खरिद गर्नका लागि रु. एक करोड पठाएपनि बजेट अप्रयापत भएको भन्दै खरिद प्रक्रियामा जान सकेको थिएन । धौलागिरी अस्पतालमा पीसीआर मेशिन खरिद गर्न रु. एक करोड लाग्ने भएपनी प्रयोगशाला व्यवस्थापनका लागि बजेट अभाव हुँदै आएपछि पीसीआर ल्याव व्यवस्थापनका लागि रु. ४० लाख विनियोजन भएपछि धौलागिरी अस्पतालले पीसीआर मेशिन खरिद र प्रयोगशाला बनाउन थालेको छ ।

हामीलाई बल्ल बजेट प्रयात्त भएकाले पीसीआर खरिदका लागि बायोकेमिकल इन्जिनियर संग इस्टमेट तयारी गरेर खरिद प्रक्रियामा जान लागेको धौलागिरी अस्पताल बागलुङका सूचना अधिकारी तीर्थराज गोतमले जानकारी दिनुभयो ।

शुरुमा बजेट नभएको र पछि प्राविधिक रुपमा नौलो र पहिलोपटक भएकाले यस विषयमा बुझ्न समय लागेको धौलागिरी अस्पताल बगालुङका मेडिकल सुपरीटेण्डेन्ट डा. शैलेन्द्र बि.क पोखरेलले जानकारी दिनुभयो । “खरिद गरेपछी ल्याव सञ्चालनमा आउन पर्दछ, केही औजार छुट भएमा पुन सन्चालनमा ढिलाई हुन्छ, त्यसैले इस्टमेट गर्न समय लागेको हो” डा. पोखरेलले भन्नुभयो “एक दुई भित्रै टेन्डर प्रक्रियामा जादैछौं, जति सक्दो छोटो प्रकृया मार्फत पीसीआर परिक्षण मेशिन खरिद गर्नेछौं ।”

पीसीआर परिक्षण मेशिन त आउनेभयो, प्रयोगशाला निर्माण तथा व्यवस्थापन समेत गरिने भएपनि दक्ष जनशक्तिको अभाव रहेको अस्पतालले जनाएको छ । डा. पोखरेलका अनुसार धौलागिरी अस्पतालका प्रयोगशाला प्रमुख सुरज बराल पोखरा स्थित पीसीआर परीक्षण प्रयोगशालामा गएका कारण अन्योल भएको छ ।

पीसीआर प्रयोगशाला स्थापना भइसकेपछि दक्ष जनशिक्त समेत सरकारले पुरा गर्नेमा धौलागिरी अस्पताल आशावादी रहेको छ । साविक धौलागिरी अञ्चलको सदरमुकाममा रहेको बागलुङको धौलागिरी अस्पतालमा पीसीआर परिक्षण प्रयोगशाला भएमा मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वतमा संकलन गरिएको कोरो परिक्षणको नमूना स्वाब गण्डी प्रदेशको राजधानी पोखरा पठाउनुपर्ने बाध्यताको अन्त्य हुँनेछ । पोखरामा परिक्षणका लागि समस्या भएमा काठमाण्डौं र चितवन समेत पठाइदै आएको छ । यसोगर्दा समयमै कोरोना रिपार्ट नआउदा राज्यलाई व्यभार बढ्दै गएको छ ।

अहिले बागलुङबाट परिक्षणका लागि पठाइएको कोरोनाको रिपोर्ट आउन तीन दिन लाग्ने गरेको छ । आम नागरिकबाट परीक्षणको दायरा बढाउनु पर्ने तिव्र माग भए पछि गत असार १२ गते सरकारले बागलुङ सहित बिभिन्न स्थानमा पीसीआर मेसिन राख्ने निर्णय गरेको थियो ।

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले धौलागिरी अस्पताल सहित १० अस्पताललाई कोरोना भाइरस (कोभिड–१९)को पीसीआर नमूना परीक्षणको अनुमति दिएपनि बजेट र अख्तियारी नआउदा चार मनिा बढी समय बितेको हो ।

प्रयोगशाला स्थापना गर्ने निर्णय सँगै धौलागिरिबासी उत्साहित भएका छन् । पीसीआर परिक्षण प्रयोगशाला स्थापना गर्नका लागि कम्तिमा तीन वटा सुविधा सम्पन्न कक्ष र छ जना ल्याव टेक्निसियन आवश्यक पर्ने धौलागिरी अस्पतालले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *