१ वर्षमा गण्डकी प्रदेशमा बालअधिकार उल्लंघनका ८६ घटना

आदर्श अनलाइन, पोखरा

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेशले प्रदेशको बालअधिकार स्थिति प्रतिवेदन सार्वजनिक गरेको छ ।

गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयको सहयोगमा इन्सेकले गण्डकी प्रदेशका सबै जिल्लामा २०७६ साउनदेखि २०७७ असारसम्मका बालअधिकार उल्लंघनका घटनासहितको स्थिति प्रतिवेदन तयार गरेको हो ।

२०७६ साउनदेखि २०७७ असारसम्म गण्डकी प्रदेशमा बाल अधिकार उल्लघंनका घटनामा ९ बालक र ७७ बालिका पीडित भएका छन ।

बालश्रमबाट ४, बालविवाह ६, विद्यालयमा शारीरिक दण्ड सजायमा ५, हत्या १, बलात्कार ३५, यौन दुव्र्यवहारका घटनामा ३५ पीडित भएको प्रतिवेदनमा उल्लेख छ ।

सामाजिक विकास मन्त्री नरदेवी पुनमगरले प्रतिवेदनले बालबालिकाका नीति तथा योजना निर्माणमा सहयोग पुग्ने बताइन् ।

उनले जिल्ला तहमा महिला तथा बालबालिका कार्यालयहरु विघटनका कारण तल्लो तहसम्मको तथ्यांक संकलन गर्न कठिन भएको उल्लेख गरिन् ।

‘योजना निर्माणका लागि स्थानीय सरकारलाई बालबालिका, महिला, अपांगको तथ्यांक माग गर्दा पाउन कठिन छ,’ उनले भनिन्, ‘प्रतिवेदनले बालबालिकाको समस्यालाई पहिचान गरी आवश्यक नीति निर्माणमा सहयोगी बन्नेछ ।’

उनले प्रदेश सरकारले निर्माण गरेको लैगिंक पुर्नस्थापना केन्द्र सञ्चालनको तयारीमा रहेको जानकारी दिइन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *