जिर्ण पुल निर्माण हुन नसक्दा स्थानीय जोखिम मोलेर वारपार गर्न बाध्य

डम्मर बुढा मगर, बागलुङ
निसीखोला गाउँपालिका वडा नम्बर ५ को निसीदेखि टोड्के जोड्ने झोलुङ्गे पुल जिर्ण बनेको छ । पुल जिर्ण बन्दा स्थानीय जोखिम मोलेर यात्रा गर्न बाध्य छन् ।

लामो समयदेखि पुल पुन ः निर्माण नहुँदा जिर्ण बनेको हो । पुलको छेउछाउको सबै जालीहरु चुडिएका छन् भने वारपार गर्न प्रयोग गरिएका काठहरुसमेत कुहिएका छन् ।

जिर्ण पुल निर्माण गर्ने तर्फ कसैको ध्यान नगएको स्थानीय खड्कबहादुर घर्तीले बताए । बजारदेखि सामान ओसारपसार र जगलदेखि निसी गाउँमा घाँस दाउरा ल्याउन निकै गाह्रो हुने गरेको उनको भनाई छ ।

पुल निर्माण तर्फ स्थानीय, प्रदेश र केन्द्र सरकारको ध्यान नजाँदा स्थानीयले सास्ती खेप्नु परेको घर्तीको भनाई छ ।

‘पुलको लठ्ठा बाहेक अरु सबै जीर्ण बनेको छ, लठ्ठा पनि पुरानो भएर खिइएको छ, वारपार गर्दा पनि खोलामा खसिने डर हुन्छ, युवावुवतीहरु त जसरी पनि वारपार गर्न सक्छन्, भारीसँग वारपार गर्न र बृद्धबृद्धासहित बालबालिकालाई वारपार गर्न निकै गाह्रो छ,’ घर्तीले भने ।

पुल विगत एक वर्षदेखि जिर्ण बनेको बताइएको छ । टोड्के हाँस, पुछ्रा, भुकभुके, जलजला, निसी लगायतका स्थानीयहरु दैनिक यही पुल भएर वारपार गर्ने गर्छन् । तर कुनै पनि निकायको ध्यान नजाँदा जोखिममा यात्रा गर्न बाध्य छन् ।

पुल निर्माणमा कुनै पनि निकायको ध्यान नगएपछि स्थानीय युवाहरुको सक्रिय पुल निर्माणार्थ अभियान चलाउने स्थानीय कुम्बिर विकले बताए ।

उनले निसीका केही युवाहरुले पुल बनाउनको लागि अभियान सुरु गर्ने बताए । पुल निर्माण गर्न करिब २ लाख खर्च उनको भनाइ छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *