मुस्ताङमा आज थप चार जनामा कोरोना पुष्टि

आदर्श अनलाइन,मुस्ताङ

जिल्लामा आइतबार थप ४ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसअघि पोजेटिभ रिपोर्ट आएका संक्रमित व्यक्तिको क्लोज कन्ट्रयाक ट्रेसिङका आधारमा पठाइएको ३१ जना व्यक्तिको संकलित नमूना स्वाब मध्ये ४ जनामा कोरोना रिपोर्ट पोजिटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङले जनाएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङका प्रमुख टिकाराम भण्डारीका अनुसार पछिल्लो पटक तेश्रो चरणमा पठाइएको नमुना स्वाबमध्ये पोखरास्थित क्षयरोग परीक्षण केन्द्रको प्रयोगशाला गरिएको पीसीआर परीक्षण गर्दा मुस्ताङको घरपझोङ गाउँपालिका(३ पुथाङ एयरपोर्टमा ५२ वर्षीय पुरुष र २० वर्षीया महिला र मुस्ताङको थासाङ गाउँपालिका(५ कुञ्जोकी २४ वर्षीया महिला र १ वर्षीय बालकमा कोरोना संक्रमण पुष्टि भएको हो ।

यसअघि मुस्ताङमा समुदायस्तरमै पहिलो पटक कोरोना संक्रमण पुष्टि भएकी घरपझोङ—४ जोमसोमकी ३८ वर्षीया महिला र घरपझोङ—३ पुथाङ एयरपोर्ट स्थित सांग्रिला विकास बैंकमा कार्यरत ३२ एक कर्मचारीमा कोरोनो पोजिटिभ देखिएकोमा उनीहरुको दोश्रो पटक पीसीआर परीक्षण गर्दा रिपोट नेगेटिभ आएको स्वास्थ्य प्रमुख भण्डारीले जानकारी दिए ।

मुस्ताङको घरपझोङ र थासाङ गाउँपालिकामा कोरोना संक्रमित फेला परेपनि जिल्लाको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउपालिका भने अझै ग्रिन जोनमा रहेका छन् । वारागुङ मुक्तिक्षत्र कागबेनी घर भइ काठमाडौं बसोबास गर्ने एक ५२ वर्षीया महिला गत असोज २७ गते मुस्ताङ आउँदा बिरामी भइ काठमाडौं उपचार गर्ने क्रममा मृत्यु भएको थियो ।

उनको मृत्युपछि कोरोना पुष्टि भएको थियो । यस्तै ,गत जेठमा मुस्ताङमा घरपझोङ १ छैरो तिब्बती शिविरमा बस्ने ८३ वर्षीय पुरुषमा कोरोना पुष्टि भएकोमा दोश्रो पटक परीक्षण गर्दा ती वृद्धको रिपोर्ट पनि नेगेटिभ आएको थियो ।

योसँगै मुस्ताङमा सक्रिय कोरोना संक्रमितको संख्या ६ पुगेको छ । जसमा थासाङ ५ मा ३ जना र घरपझोङ ३ मा ३ जना व्यक्ति छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *